शिद्धबाबा माविद्धारा विचल्लीमा परेको परिवारलाई सहयोग

प्रेम सुनार, २०७४ माघ २३ । गुल्मीको रेसुङ्गा नगरपालिका भित्रका एक विचल्लीमा परेका परिवारलाई शिद्धबावा माध्यामिक विद्यालयल परिवार तम्घास खानीखाउँ गुल्मीले सहयोग गरेको छ । रेसुङ्गा नगरपालिका वडा नम्वर वडा नम्वर ५ खाम्सेपानी प्रिनचौरकी एकल महिला पार्वती परियारलाई ७ हजार ७ सय वरावरको खाद्यान्न र उनकी छोरीलाई कापी कलम लगायतका शैक्षिक सामग्री प्रदान गरिएको हो ।

त्यस विद्यालय अतिरिक्त कृयाक्लाव सहयोग समितिका संयोजक बद्रि ज्ञवाली, समितिका अध्यक्ष कमल काउछा , खेलकुद संयोजक दीपक गौतम लगायतको टोली विचल्लीमा परेको परिवारको घर मैं पुगी ४ वोरा चामल, ४ लिटर तेल हस्तान्तरण गरेका थिए । त्यस विद्यालयका शिक्षक , कर्मचारी र विद्यार्थीहरुबाट एक एक दिनको खाजा खर्च कट्टा गरी उक्त सहयोग गरिएको सहयोग समिति संयोजक ज्ञवालीले बताए ।
साह्रै विचल्ली देखेर आयौं ज्ञवालीले भने सर्वसाधरण नागरिकको मन काटिदा पनि हाम्रा नेता तथा कुनै राजनैतिक दलको ध्यान नजानु निकै विडम्वनाको कुरा हो ।

एउटा टहरामा तिन पार्टी तर छैनन दुखमा साथी
त्यो परिवारको विचल्लीको कथा ओझेलका खवरमा प्रशारण भएकै दिन गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले फोन गरेर तत्काल जाडोमा ओढ्ने कम्वल प्रदान घोषणा गरेर अर्को दिन त्यो परिवारलाई आफै पुगेर हस्तान्तरण गरे । सहानुभुति प्रकट गरे ।

तर गुल्मीका एक जना नेता वाहेक अरु कुनै दल र नेताहरु त्यो परिवाको विलच्ची बुझेर पनि नबुझै जस्तै गरिरहेका छन् । नेकपा एमालेका जिल्ला सचिवाले सदस्य गणेश श्रीपालीले भने मिटर बक्स जडान र खानेपानी पाईप लगेर हस्तान्तरण गरेको परिवारले बताए । तर अहिले सम्म कुनै नेताले सहानुभुति समेत देखाएका छैन् । रेसुङ्गा नगरपालिका मौन छ ।

उनिहरु बस्ने ठाउँ यो चिसो मौसममा चारैतिरवाटो चिसो पस्ने वाँसको टहरा छ । माथी सित चुहेर ओढेका कपडा भिजेर निथ्रुक्क हुने गर्दछ । करिव एक दर्जन वाख्र अटाउन पनि मुस्कील पर्ने त्यस टहरामा अलग अलग चार परिवार बस्दछन् । विहे गरेका छाृेरीहरु माईता आउँदा २४ जनाको परिावर आँगन नभए पछि वारीमा विस्तारा लगाउनु पर्ने अवस्था छ ।

ति अलग अलग साँघुरो कोठामा बस्ने चार परिवार मध्ये एउटा कोठाको ढोकामा चुनावताका उमेदवारद्धयः एमाले नेता गोकर्णराज विष्ट र खड्ग केसीको प्रचार सामग्री टाँगेर एमाले जिन्दावादको नारा छ । अर्कोमा नेकपा माओवादी केन्द्र जिन्दावाद छ भने अर्को कोठाको धुरीमा नेपाली कांग्रेसकोरुख चिन्न फर्फराई रहेको देख्न सकिन्छ तर त्यो दुखमा साथ दिन साथी कोही छैन् ।

चुनावतका त्यही परिवार भित्रका एक जना अपाङ्ग छोरालाई बोकेर मतदान केन्द्र ुसम्म लगियो तर मतदान गरी सके पछि घर पुराई दिन्छौं भन्ने कोही भएन भनेर उनले ओझेलका खवरमा दुखेसो पोखेका थिए । युट्युव मार्फ संसार भर रहेका नेपालीले त्यो परिवारको विचल्लीको ओझेलका खवर हेरे फोन गरेर सहयोग सहानुभुति प्रकट गरी रहेका छन तर यस जिल्लाका कुनै एक नेताले एककल फोन गर्ने चेष्टा समेत गरेका छैन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.