टोकियोमा सांसद सूर्य पाठकको स्वागत : जापानमा सिकेको ज्ञान-सीपलाई देशको विकासमा खर्चिन्छु !

भरतप्रसाद सापकोटा, टोकियो, (जापान) २०७४ माघ २३ । बिहुँकोट समाज जापानले एक समारोह को आयोजना गरि जापा को टोकियो स्थित सिनकोबुमामा बागलुङ क्षेत्र नम्बर १बाट निर्वाचित सांसद डा ।सूर्य पाठकलाई सम्मान तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

जापानमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनधी िसभासदस्य पाठकले जापानमा सिकेको ज्ञानसिप र प्रबिधिलाई ईमान्दारीताका साथ देश विकाशमा खर्चिने प्रतिबद्धता ब्यक्त गरेका थिए।

यसै समाजका संरक्षक दिपक सुवेदी समाजका सल्लाहाकार महेन्द्र प्रसाद कडेंल समाजका कोषाध्यक्ष दिपक कडेंल जनसम्पर्क समिति जापानका उपसभापति नवराज थापा ओएनएफ जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

यसै समाजका अध्यक्ष देविलाल सुवेदीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष गोपाल शर्मा (अशोक)ले गरेका थिए। कार्यक्रमको सन्चालन समाजका प्रवक्ता फणिन्द्र शर्माले गरेको थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply