ढोरपाटनमा चौथो पटक भारी हिमपात, चीसोले कठाङ्ग्रियो स्थानीयको जनजीवन !

राम सुवेदी, बुर्तिवाङ २०७३ माघ २५ । ढोरपाटनमा हिजो फेरि चौथो पटक हिमपात भएको छ । मौषम चिसिदै गएपछि हिजो दिउँसो देखि ढोरपाटन आसपाससँग,ै उपत्यकामा हिमपात भएको, ज्योति निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले बताएका छन् । यस हिमपात सँगै यस वर्ष ढोरपाटनमा चौथोपटक हिमपात भएको अदैले बताए । हिमपातपछि त्यहाँको जनजीवन प्रभावित बनेको उनले बताए ।

हरेक वर्ष हिउँदको सिजनमा अर्थात चिसोले प्रभावित पार्ने भएपनि बन्द गरिने त्यहाँको ज्योति विकास निमावि, गत पुस महिनाको ११ गतेदेखि बन्द गरि माघ २२ गते खोलिएको थियो । विद्यालय खुलेसँगै मौषममा फेरि चिसोपन बढदै हिमपात भएपछि विद्यालयमा आउने विद्यार्थीलाई समेत समस्या भएको प्रधानाध्यापक अदैले बताए । कुल ४ सय ३६ विद्यार्थी रहेको उक्त विद्यालयमा चिसोका कारण विद्यालय खुल्दा ५०÷६० जनाको संख्यामा मात्र विद्यार्थी विद्यालय आउने गरेको उनको भनाई छ । सोमबारको हिमपात पछि फेरि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छ । हिमपातसँगै चिसो बढेपछि अहिले स्थायी रुपमा ढोरपाटनमै बस्दै आएका नागरिकलाईपनि समस्या परेको छ ।

पशुचौपाया, घोडा खच्चडलाई समेत कसरी घाँस दाना दिने भन्ने समस्या भएको स्थानीय दलजीत सुनारले बताए । अहिले ढोरपाटनमा ४० देखि ५० घर स्थायी वसोवास गर्नेहरुको सँख्या छ भने १० देखि १५ घरसम्म तिव्वतियनहरु रहने गरेका छन् ।

बोबाङका स्थानीय अहिले आफ्नो घरमै फर्केका छन भने तिव्वतीयनहरु पोखरा, काठमाडौ लगायतका स्थानमा जाने गरेको प्रअ अदैले बताए । स्थानीय वोवाङ तथा अधिकारचिौर्वासीहरु फागुनको अन्तिम साता तथा चैतको पहिलो हप्ताभित्र आलु लगाउन ढोरपाटन फर्कने गर्छन भने, तिव्वतियनहरु पनि चैत्र महिनाको अन्तिम सातातिरमात्र ढोरपाटन फर्कने तिव्बतियन नागरिक सोनामले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *