हटिया बजारमा महिलाहरुको क्षमता अभिवृद्धी तथा उदघोषण तालिम सुरु !

थम्मन थापा सन्देश, गल्कोट २०७४ माघ १७ । गल्कोट सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजना तथा गल्कोट नगरपालिकाको सहयोग तथा सहकार्यमा हटिया बजारमा ३ दिने क्षमता अभिवृद्धी तथा उदघोषण तालिम आजबाट सुरु भएको छ ।

तालिममा गल्कोट नगरपालिका भित्रका वडा नं १, २, ३, ४, ५ र ६ का ३० जना जनप्रतिनिधि महिला सदस्यहरु, विभिन्न संघ संस्थाका अगुवा महिलाहरु गरि ३० जनाको सहभागिता रहेको छ ।

तालिमको पहिलो दिन आज महिलाहरुको क्षमता अभिवृद्वि, बैठक, भेलाका प्रकृया, उद्येश्य, सामुहिक छलफल, पुर्व तयारी, बैठक तथा भेला सञ्चालन र उदघोषण लगायतका विषयमा प्रशिक्षण दिईएको छ । तालिमको गलकोट सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसे, नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का पार्शद थम्मन थापा सन्देश र सामुदायिक रेडियो गलकोट एफ एम का स्टेशन प्रमुख घनश्याम गौतमले सहजीकरण गरेका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.