दीगो बैकल्पिक बिकास सम्वन्धी बिचार गोष्ठि सम्पन्न

सीताराम थापा, बागलुङ २०७४ माघ १७ ।नेपालमा दिगो बिकास नहुदा सिंगो नेपाली समाजमा प्रतिकुल नकरात्मक प्रभाब परेकोले बर्तमान परिवर्तनले पनि सामाजिक न्याय र बिकास हुन नसकेको दिगो बिकासको अध्यक्षता एवं सहजकर्ता बिमल कुमार फुयालले बताए । उनले तीन दशक देखि गरिएको राष्ट्रिय अन्तराष्ट्रिय अध्ययन अनुसन्धान र सिकाईको आधारमा दिगो बिकास बारे यहाँ भएको एक कार्यकम बिचार व्यक्त गरेका हुन् ।

उनले आबेगात्मक मात्र नेपाल र अन्य केही मुलुकमा भैरहेको बताए । दिगो बिकासको लागि बर्तमान नेपाली सन्दर्भमा स्थानिय सरकारले नियम कानुन र निति बनाई काम गर्ने अधिकार संबिधानले दिएको छ । अध्ययनले बर्तमान अवस्थामा यसको लागि ज्ञान निर्माण र परिचालन संग संगै गरिनु पर्ने देखियो । बिकास, अबिकास र कुपोषित बिकास बारे अध्ययन प्रश्तुत गर्दै अधिकांशले त बिकास नै भएन, तर बिकासले अवसरमा पहुच भए पनि त्यसले कुपोषित पारेको बताए ।

उनले उन्नतजातकन कुखुरा, तरकारी आए पनि, त्यसको असर, माटोको उर्वरा घट्नुको साथै बिरामी भएर औषधि उपचारमा जानू पर्ने अवस्था आउनुलाई कुपोषित बिकासको संज्ञा दिए ।

प्राकृतिक प्रकोप, र जलवायु परिबर्तन भई प्रकृतिलाई बिनास गरि बाँकि पुस्ता नष्ट गर्ने र अझै खर्च बढाउने पोषित किकासको लक्षण भएको पनि उनको भनाई थियो । उनले विकासमा सवाल पहिचान, जनमत सृजना र आलोचना भन्दा दिगो बिकल्प खोजी गरि दिगो बिकास लागि पर्नु पर्ने आवाश्यकता रहेको पनि बताए ।

सत्कर्म नेपाल एवं नागरिक समाजका अभियन्ता सिताराम थापाले दिगो बिकासमा आफु तीन दशक देखि अधिकारमुखी बिकास अभियानमा लागि परेको जनताको पहुच र नियन्त्रण र स्थानिय श्रोतको अधिकतम परिचालन गरि दिगो बिकासमा लाग्न पर्ने भएकोले नागरिक संजाल बिच यो बिचार गोष्ठि राखेको बताए ।
सत्कर्म नेपाल र साझेदारि नागरिक संजालको आयोजनामां दिगो बिकास बिषयक बिचार गोष्ठिमा सहजिकरण अभियन्ता सिताराम थापा र प्रबचन बिमल फुयांलले गरेका थिए । कार्यक्रमका सहभागिहरुमा बरिष्ठ अधिवक्ता कृष्ण प्रसाद शर्मा न्युरे, अधिबक्ता एवं नागरिक समाजको संयोजक काजिगाउले श्रेष्ठ, नेपाल पत्रकार महासंघको अध्यक्ष दिल श्रीस, पत्रकार संगम घर्ती, बिजय राना, अधिकारकर्म गुमां छन्त्याल, ज्ञानु थापामगर, श्रीकृष्ण पौडेल, भुमिश्वर गौतम लगायत युवाहरुको समेत सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *