दलित विद्यार्थीलाई कपडा तथा जुत्ता वितरण

थम्मन थापा सन्देश, गल्कोट २०७४ माघ १७ । गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले दलित बालबालिका कसैको दयाका पात्र नभई अधिकारका पात्र भएको बताएका छन् ।दलित विद्यार्थीको बाहुल्यता रहेको सिरबारे प्राथमिक विद्यालय गलकोट नगरपालिका ७ मल्म सिरबारेमा दलित विद्यार्थीलाई सामग्री वितरण गर्दै गैरेले यस्तो बताएका हुन्। नगर प्रमुख गैरेले गलकोट नगरपालिका भित्रका सम्पुर्ण विद्यालयहरुको वस्तुगत अवस्था, तिनके वास्तविकता के छ भनि नगरले सर्वेक्षण गरिरहेको समेत उल्लेख गरे ।

विद्यालयले आज एक कार्यक्रम गरि विद्यालयमा अध्ययनरत दलित एव विपन्न विद्यार्थीहरुलाई स्विटर, जुत्ता तथा मोजा वितरण गरेको हो । कार्यक्रममा गल्कोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, श्रोत व्यक्ति दिनेश पन्त, सिराबारे बाल विकास केन्द्रका अध्यक्ष खिम भित्रीकोटी र सिरबारे मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष डिल बहादुर परियारले मन्तव्य राखेका िथए ।

सो अवसरमा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त खाजा रकम समेत वितरण गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल दर्जीको अध्यक्षा प्रधानध्यापक कल्पना गौतमको स्वागत शिक्षक सुनिता गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
यो पनि पढौं
सिरवारे बालविकास केन्द्रमा अध्ययनरत विपन्न/दलित बालबालिकालाई न्यानो कपडा वितरण !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.