जनजागृति माबिको हिरक महोत्सवमा पत्रकार खत्री सम्मानित

गुल्मी २०७४ माघ १७ । बागलुङ जिल्लाको गल्कोट नगरपालिका काँडेवास स्थित जनजागृति माविले ६० औँ वार्षिकोत्सव तथा हिरक जयन्तीका अवसरमा पत्रकार कौरब खत्रीलाई सम्मान गरेको छ ।

विद्यालयले आफ्नो हिरक महोत्सवको अवसरमा विद्यालयका रहेक शैक्षिक गतिविधिहरुका साथै हिरक महोत्सवमा समेत विगत लामो समयदेखि क्रियाशील भएर सञ्चारमाध्यम मार्फत जनताहरुलाई सूचना प्रवाहमा अतुलनीय योगदान गर्नुभएको भन्दै नेपाल पत्रकार महासघ गुल्मीका जिल्ला कार्य समिति सदस्य खत्रीलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुङ्गना र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेदीलाल सापकोटा र प्रधानाध्यापक तेजिन्द्र बुढाथोकीले संयुक्त रुपमा सम्मान पत्र र मायाँको चिनो प्रदान गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *