अप्ठयारो जहाँ, नेपाली सेना त्यहाँ :
स्याङजामा पहिरोले तीन वर्ष देखी अलपत्र सडक सेनाले जिम्मा पाएपछी तीब्र गतिमा

किरण आचार्य, स्याँजा २०७४ माघ १७ । स्याङजा जिल्लाको कालीगण्डकी गाउपालिका अन्तरगतका वडा नं २ र ३ मा पर्ने लौजा भन्ने स्थानमा सडक निर्माण गर्ने क्रममा विगत ३ वर्ष अघि गएको पहिरोले आवत जावत ठप्प भएको थियो ।

सडक डिभिजन कार्यालय पोखराले २ पटकसम्म पहिरो फालेर सडक विस्तार गरेपनि वर्षैनि गएको पहिरोले बाटोको नाम निशान मेटाइदियो ।

त्यस पश्चात जहाँ जोखिम छ त्यहाँ नेपाली सेना पुग्छ भन्ने भनाईलाई २०७४ मंसिरमा नेपाली सेनालाई सुम्पिएपछि काम तिव्ररुपमा अघि बढेको छ ।

बाटो देखि २ सय ५० मिटर माथि र २००मिटर सम्म तल पेरिसेट गरि दिर्घकालीन रुपमा बाटो निर्माण गर्न ९ करोडको लागतमा काम सुरु गरिएको छ ।

भौगोलिक अवस्थालाई मध्येनजर गर्दै ब्याम्बो चेक वाल, ड्याम भिरालो गरा कटिङ, पहिरो रोकथामका प्रविधिहरु अपनाई सडक निर्माण कार्य सुरु गरिएको छ । अव बाटो बन्ने हुँदा स्थानीय उत्साहित भएकाछन । .

यस क्षेत्रमा काम गर्न भौगोलिक विकटता, भु–बनोट कमजोर र निकै जोखिम भएकाले पनि सडक निर्माण गर्न अप्ठ्यारो भएको प्राविधिक जम्दार टीका बस्नेतले बताए ।

भु–बनोट अनुसार पहिरो गईरहनेहुँदा नयाँ प्रविधि अुनसार काम गरिएको र बजेटको अभाव नभए ३÷४ महिनामा काम सम्पन्न गर्ने इन्जिनियर लप्टन ईश्वर नेपालले बताए ।

काम लगातार भए पनि समयमा बजेट नआउदा आवश्यक पर्ने सामाग्री खरिद गर्न र मजदुरहरुलाइ समयमा ज्याला उपलव्ध गराउन नसकिएको कार्य दलले जनाएको छ ।

पछिल्लो समयमा काम सुरुपछि निर्माण कार्य तिव्ररुपमा भएको र नेपाली सेनाले नितान्त नयाँ प्रविधिबाट गर्न लागेको कार्यदल प्रमुख इन्जिनियर कर्नेल रेश्मीराज भटराईले बताए ।

यो पहिरामा बाटो निर्माण भएपछि स्याङजाका पुर्वी–उत्तर क्षेत्रका स्थानीयहरु पाल्पा, अर्गाखाँची, तम्घास, प्युठान जाने र त्यस क्षेत्रका स्थानीयहरु स्याङजा तर्फ आउन सहज हुने देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *