बिहुँकोट स्थित त्रिपुरेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन पन्ध्र सदस्यीय समिति गठन !

भरतप्रसाद सापकोटा, बागलुङ २०७४ माघ १६ । बागलुङको काठेखोला गाउँपालिका बिहुँकोट ५ मा अवस्थित त्रिपुरेश्वर महादेव मन्दिर सन्चालक समिति आज गठन गरिएको छ । त्रिपुरेश्वर महादेव मन्दिर एवं परमान्नद आश्रमका आश्रामधिपति मठाधीश श्री १००८ दुर्गान्नद सरस्वति महराजको अध्यक्षतामा पन्ध्र सदस्यीय समिति गठन भएको छ ।

समितिमा उपाध्यक्ष गौरिशंकर सुवेदी सचिव हरिप्रसाद कडेंल सहचिव ज्ञामनाथ कडेंल कोषाध्यक्ष थानेश्वर कडेंल सदस्यहरुमा कृष्णप्रसाद कडेल बालान्नद कडेल मनोहर कडेल यज्ञप्रसाद कडेंल दिल्ली प्रसाद कडेंल गोबिन्द विक चिरन्जिबि कडेल शसिधर सापकोटा ज्ञानकुमारी श्रीस शर्मा रहेका छन् ।

गाउँपालिका अध्यक्ष अमर थापा वडा नम्बर ५ र ६ का वडा अध्यक्षहरु शिव प्रसाद कडेंल र युक्तप्रसाद कडेंल पदेन सदस्य रहेका छन् । समितीको सल्लाहाकारहरु मा पूर्व सांसद द्यवय गोबिन्द प्रसाद कडेंल, टंक प्रसाद कडेंल प्रदेश सांसदहरु इन्द्रलाल सापकोटा मणिभद्र शर्मा कडेंल, पण्डित बालाकृष्ण सुवेदी दानवीर श्यामसुन्दर रिजाल देवी प्रसाद कडेंल रहेका छन्। ७ वटा उपसमितिहरु पनि गठन गरिएको छ । पूजा पर्व मेला व्यवस्थापन निर्माण व्यवस्थापन अतिथि सेवा व्यवस्थापन भजन मण्डलि ब्यवस्थापन युवा तथा स्वयं सेवक परिचालन बन संरक्षण व्यवस्थापन तथा संचार तथा प्रचार समिति समेत गठन गरिएको छ ।

क्रमकार्य सन्त समाजका केन्द्रिय अध्यक्ष एवं परमानन्द गुरुकुल संस्कृत पाठशाला तनहुँ देवघाटका पिठाधीश श्री १००८ज्ञानन्द सरस्वति महराज तथा यसै मठका प्रधान संरक्षकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थिया ।

यस क्रायक्रममा सांसद मणिभद्र कडेंल बोल्दै यस्लाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन पहल गर्ने बताएक थिए । पूर्व सांसद टंकप्रसाद कडेंल वडाअध्यक्ष शिव प्रसाद कडेंल यमलाल कडेंल ज्ञामनाथ कडेंल लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मठका संचालक सदस्य गौरिशवर सुवेदी र सन्चालन हरिप्रसाद कडेंल र मठाधीश १००८ दुर्गान्नद सरस्वति महाराज अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.