देबिस्थान माविलाई बैसाख देखि थालिएको चन्दा अभियानमा ५३ लाखमा संकलन

छबिलाल पाण्डे बुर्तिबाङ बागलुङ २०७४ माघ १६ । बागलुङको निसिखोला गांउपालिका १ साविक देविस्थान गाविसमा रहेको देबिस्थान माविलाई शैक्षिक र
भौतिक क्षेत्रमा अगाडि बढाउन भन्दै बिद्यालयले थालेको चन्दा संकलन अभियानबाट ९ महिना नपुग्दै ५३ लाख संकलन भएको छ ।

गत बैसाख २५ गते बिद्यालयको ५८ औँ बार्षिक उत्सबदेखि थालिएको उक्त अभियानबाट हालसम्म ५३ लाख बराबरको चन्दा बोल भएको र २७ लाख बोल चन्दा बिदालयको नाममा संकलन भईसकेको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष ईन्द्रबहादुर मल्लले ईबागलुङलाई बताए ।

सरकारी बिधालय भएका कारण शैक्षिक तथा भौतिक क्षेत्रमा पछि परेको भन्दै बिद्यालयको गुणस्तर बृद्धि गर्ने उदेश्य सहित बिधालय ब्यबस्थापन समितीका अध्यक्ष मल्ल, आर्थिक संकलन समितीका संयोजक खिमबहादुर कार्की सहित बिद्यालयका प्रअ किरण पौडेल तथा बिधालयमा अध्यापनरत शिक्षक, तथा शिक्षाप्रेमीहरुको सक्रियतामा थालिएको उतm अभियानमा सबैको सकारात्मक सोचका कारण अपेक्षाकृत चन्दा संकलन भईरहेको बिद्यालयका प्रअ किरण पौडेलले जानकारी दिए ।

आगामि बर्षसम्म १ करोड चन्दा संकलन गरी संकलित रकमबाट बिद्यालायमा अक्षयकोषको स्थापना गर्दे ब्याजबाट आएको रकमले बिद्यालयको शैक्षिक भौतिक क्षेत्रको गुणस्तर उकास्दै यसक्षेत्रकै नमुना बिद्यालय बनाएरै छोड्ने अभियानका साथ आफुहरु लागिपरेको समिती अध्यक्ष मल्लको भनाई छ ।

२०७३ फाल्गुन १८ गते बिधालय ब्यबस्थापन समितीको जिम्मा पाएका मल्लले आफनो कार्यकालमा बिधाललाई नमुना बनाउनु पर्छ भन्ने मान्यताका साथ यस्तो अभियान चलाईएको र अभियानले सकारात्मक रुप लिएको बताए । हालसम्म सहयोगि दातामध्ये बुर्तिबाङमा ब्यबसाय गर्दे आएका समाजसेवी हर्कबहादुर गुरुङले १० लाख चन्दा बोल गर्दे ७ लाख रुपैया बिधालयलाई प्रदान गरिसकेका छन् ।

त्यस्तै बिधालय ब्यबस्थापन समितीका अध्यक्ष ईन्द्र बहादुर मल्लद्धारा २ लाख १ हजार २५, आर्थिक समिती सम्योजक खिमबहादुर कार्कीले २ लाख ५ हजार ५ सय ५ रुपैया सहित अन्य सहयोगी दाताहरुले समेत २ हजार पांच सय देखि रु २ लाख रुपैया सम्म आर्थिक सहयोग गरेका छन् ।

बिशेष गरी निसिखोला गांउपालीका १ अन्र्तगतका बासिन्दाको सहयोग बढि देखिएको छ । त्यस्तै सोहि क्षेत्रका स्वदेश तथा बिदेशमा रहेका पुर्व बिद्यार्थी,
समाजसेवि, बुद्धिजिवीबाट बढि सहयोग प्राप्त भएको र निसिखोला गांउपालीका वडा नं २ , ढोरपाटन नगरपालीकाको वडा नं १ बुर्तिबाङ बजार तथा
काठमाडौमा बस्दै आएका यस क्षेत्रका समाजसेविहरुद्धारा चन्दा बोल संगै रकमसमेत हस्तान्तरण भईरहेको आर्थिक समितीका सम्योजक कार्कीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *