क्षेत्रको विकासको लागि सबै राजनीतिक दल र जनतासँग हातेमालो गरेर अगाडी बढ्छु – घर्ती

लोकेन्द्र निरासी, बुर्तिबाङ, २०७४ माघ १६ । बागलुङ जिल्ला क्षेत्र नं. २ प्रदेश ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित टेक बहादुर घर्ती मगरलाई राष्ट्रिय जनमोर्चा प्रवासी संगठनले बुर्तिबाङमा आज एक कार्यक्रमकाबीच सम्मान गरेको छ । राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समिति वडा नं. १ को संयोजन क्षेत्रको विकासको लागि सबै राजनीतिक दल र जनतासँग हातेमालो गरेर अगाडि तथा राष्ट्रिय जनमोर्चा प्रवासी संगठनको आयोजनामा घर्तीलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रदेश सभा सदस्य घर्तीलाई अविर, फूलमाला र खादा लगाएर सम्मान गरिएको थियो ।

प्रमुख अतिथि समेत रहेका घर्तीले सम्मान कार्यक्रममा बोल्दै आफ्नो बढ्ने बताए । उनले निर्वाचन जित्नु मात्र ठूलो कुरा नभएकाले नेतृत्व प्राप्त व्यक्तिले देश र जनताको पिर मर्का एवम् समस्यालाई बुझ्न जरुरी भएकाले आफू पनि यस विषयमा निकै गम्भीर र जिम्मेवार बनेर लाग्ने बताए ।

सम्मान कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तिलक पुनले बधाइ एवं शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष युवराज महत, वडा सदस्य तम बहादुर घर्ती, प्रेम चालिसे, कुवेत नेपाली एकता समाजका अध्यक्ष निम बहादुर बुढा, दुबई एकता समाजका प्रतिनिधि कुमत बहादु घर्ती, अखिल नेपाल बुद्धिजीवी संघका धन बहादुर कुँवर, अखिल नेपाल महिला संघ जिल्ला सदस्य दुर्गादेवी घर्ती, राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समितिका धन बहादुर खत्री लगायत राष्ट्रिय जनमोर्चाका पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समिति वडा नं. १ का अध्यक्ष दल बहादुर भण्डारीको अध्यक्षता, उपाध्यक्ष निमलाल पाण्डेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन तिलक बुढाले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.