भीमापोखराका सहकारीकर्मीलाई सहकारी ऐन सम्बन्धी प्रशिक्षण सम्पन्न !

नवीन शिशिर, बागलुङ, २०७४ माघ १६ । गुहेली सञ्चार सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका–२ भीमापोखरा, बागलुङले सहकारीका संचालक तथा सेयर सदस्यलाई मंगलवार सहकारी ऐन–२०७४ बारे प्रशिक्षण दिएको छ ।

सहकारीले सो वडा भित्र रहेका सहकारी संस्थाका संचालक तथा सेयर सदस्यहरुको लागि सहकारी शिक्षा कार्यक्रम अन्तर्गत रहेर नयाँ ऐनबारे प्रशिक्षण दिएको हो । काठेखोला गाउँपालिका वडा न.ं २ भीमापोखरामा विभिन्न प्रकृतिका १० वटा सहकारी संस्थाहरु रहेका छन् ।

प्रशिक्षण कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैकका संचालक रामबहादुर जिसीले नयाँ ऐनले एकीकृत र बलियो सहकारीको परिकल्पना गरेको बताउदै एकीकृत पूँजी निर्माण गरी उत्पादन मुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोडदिए ।

जिसीले वडा भित्र रहेका अन्य विषयगत सहकारी एकीकृत गरी वृहत र मजबुद सहकारी निर्माण गर्नुपर्ने बताए । सहकारी ऐनमा धेरै राम्रा कुराहरु छन्, केही सुधार गर्न पर्ने विषयहरु पनि छन् भन्दै उनले जस्तो भएपनि ऐनमा भएका प्रावधान अनुसार सहकारी संघ संस्था सञ्चालन गर्न आग्रह गरे ।
सहकारीमार्फत जनतासंग भएको श्रम, सीप र पूँजिलाई अधिकतम परिचालन गरेर आयआर्जन गराउन सकेमा मात्रै समाजवाद उन्मुख अर्थतन्त्रतर्फ जान सकिने जिसीको धारणा थियो ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले हरेक सहकारीले आफ्नो विषय अनुसारको काम गर्नुपर्ने बताए । नयाँ ऐन अनुसार कुनै पनि विषयगत सहकारीले क्षेत्र अनुसारका उत्पादनमा लगानी गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै ऋण र बचतको सिमाबाट बाहिर जानुपर्ने अनिवार्य व्यवस्थाबारे सचेत गराएके । थिए । तालिममा सहकारी ऐन २०७४ र सहकारीमार्फत समाज रुपान्तरणका विषयमा राष्ट्रिय सहकारी बैकका संचालक रामबहादुर जिसीले सहजीकरण गरेका थिए ।

कार्यक्रम गुहेली संचार सहकारी संस्थाका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता, जननिगरानी साप्ताहिक पत्रिकाका सम्पादक नवीन शिशिरको स्वागत र सचिव सूर्य थापाको संचालनमा सम्पन्न भएको थियो । सहकारीले खबर बे अनलाईन र जननिगरानी साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *