निलगिरी व्दारा ९९ सय वर्षिय श्रेष्ठको निधनमा श्रद्धान्जलि सभा

प्रदीप पन्त, बागलुङ २०७४ माघ १६ । बागलुङको एक सहकारी संस्थाले सामाजिक सुरक्षा राहत रकम सोमबार प्रदान गरेको छ । निलगिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शेयर सदस्य स्मृती श्रेष्ठका ससुरा रुद्रबहादुर श्रेष्ठको निधि भएकोमा राहत प्रदान गरेको हो । संस्थाका अध्यक्ष नारायण पौडेलले स्वर्गिय श्रेष्ठका ज्वाई मोतिप्रसाद श्रेष्ठलाई नगद पा“च हजार रुपैय“ा राहत प्रदान गरेका छन् ।

संस्थाका पदाधिकारीहरुको एक टोलीले बानपा २ अदालतरोड स्थित घरमै गएर राहत रकम हस्तान्तरण गर्नुका साथै शोक सभा गरेको छ । राहत रकम प्रदान गर्दै अध्यक्ष पौडेलले श्रेष्ठको निधनले समाजमा अपुरणीय क्षेती पुगेको भन्दै शोकाकुल घडीमा शोक सन्तप्त परिवार प्रति धौर्यधारण गर्ने शक्ति प्रदान होस भन्ने कामना व्यक्त गरे ।

शेयर सदस्य तथा परिवारका सदस्यको निधन हुदा सहयोग गरिने कोषबाट संस्थाले श्रेष्ठको निधन प्रति शोक व्यक्त गर्दै परिवारलाई राहत रकम प्रदान गरेको छ । शोक सभाको संचालन संस्थाका सचिव मिलन केसीले गरेका थिए । श्रेष्ठको यहि माघ ७ गते ९९ सय बर्षको उमेरमा बागलुङ नगरपालिका २ अदालतरोड स्थित आफनै निवासमा निधन भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.