सहकारी बैंकका सञ्चालक जि.सी सम्मानित !

बागलुङ, २०७३ पुस १६ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीलाई बलेवा एकता वचत तथा ऋण सहकारी संस्था लिमिटेड नारायणस्थान बागलुङले शनिवार सम्मान गरेको छ ।

२ दशकदेखि सहकारी क्षेत्रको प्रवद्र्धन क्रियाशिल रहदै सहकारीप्रति जनतालाई आकर्षण गराउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै संस्थाले सम्मान गरेको हो ।

संस्थाको छैठौ वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष ढुण्डीराज शर्मा, उपाध्यक्ष दिपेन्द्र खड्का लगायत पदाधिकारीहरुले दोसल्ला ओढाएर सम्मान पत्र सहित जिसीलाई सम्मान गरेका थिए ।

निरन्तर रुपमा सहकारी अभियानमा क्रियाशिल भई जिल्ला तथा केन्द्रमा समेत सहकारी अभियानको नेतृत्वदायी भूमिका निर्वाह गरेकाले जिसीलाई सम्मान गरिएको संस्थाका सचिव भरत पौडेलले जानकारी दिए ।

२०५० सालमा जिल्ला सहकारी संघको कर्मचारीका रुपमा सहकारी अभियानमा लागेका जिसी विभिन्न प्रारम्भिक सहकारी संस्थामा आवद्ध हुदै जिल्ला सहकारी संघ बागलुङको अध्यक्ष भएर काम गरि सकेका छन् । हाल जीसी जिल्ला सहकारी संघ बागलुङको सल्लाहकार तथा राष्ट्रिय सहकारी बैंकको सञ्चालकका रुपमा कार्यरत रहेका छन् ।

सूचना तथा सञ्चार सहकारी, स्वास्थ्य सहकारी लगायतका सेवामुलक सहकारीको अगुवाई गरेका जिसीले धौलागिरि अञ्चलको सहकारीको विकासका लागि महत्वपूर्ण योगदान गरेको संस्थाका उपाध्यक्ष खड्काले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.