साताको तस्वीर : जनजागृति माविको हिरक जयन्ती !

शव्द/चित्र : कौरव खत्री, बागलुङ २०७४ माघ १५ । गल्कोट नगरपालिका ८ काँडेवास स्थित जनजागृति माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सव तथा हिरक जयन्ती सम्पन्न भएको छ । २०७४ माघ १० गते देखी सुरु भएको कार्यक्रम हिँजो गते १४ गते आईतवारमात्र सम्पन्न भएको हो ।

६० औँ वार्षिकोत्सव तथा हिरक जयन्तनीको समापनका दिन जनजागृति माध्यमिक बिद्यालमा क्याम्पस स्थापनार्थ १३ सदस्यीय तदर्थ समितिको घोषणा समेत गरिएको छ ।

बागलुङ जिल्ला क्षेत्र नं २ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित देबेन्द्र पौडेलले विद्यालयको वार्षिकोत्सव एवं हिरक जयन्तीको उद्घाटन गरेका थिए भने हिँजो आईतवार कार्यक्रममा समापनका प्रमुख अतिथी सोहि विद्यालयका पूर्व विद्यार्थी एवं शिक्षक हाल नेपाल सरकारका सहसचिव शंकरप्रसाद खरेल रहेका थिए ।

कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको थियो भने विभिन्न खेल प्रतियोगिताहरु सन्चालन गरिनुका साथै राष्ट्रिय तथा स्थानीय लोक कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रममा गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुंगाना लगायतका व्यक्तित्वहरुलाई प्रमुख अतिथीको रुपमा निम्त्याईएको थियो । हिरक जयन्तीका अवसरमा विद्यालयको सहयोगका लागि यसक्षत्रमै सर्वाधिक चन्दा रकम संकलन भएको बताईएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समतिका अध्यक्ष बेदीलाल सापकोटा र बिद्यालयका प्रधानाध्याप तेजिन्द्र बुढाथोकी लगायत समितिका पदाधिकारी सदस्यहरु लगायत संपूर्ण शिक्षक कर्मचारी विद्यार्थी एवं अभिभावकहरुको सक्रिय सहभागिता रहेको थियो ।

जनजागृति मावि काँडेवासको ६० औँ वार्षिकोत्सव तथ हिरक जयन्ती समारोह जिल्लमै उदाहरणको रुपमा लिईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *