त्रिभुवन माविको स्वर्ण महोत्सवमा राष्ट्रपति भण्डारी आउने भएपछि प्रचार प्रसारमा तिव्रता

कौरव खत्री, गुल्मी २०७४ माघ १५ । गुल्मी मुसिकोटको त्रिभुवन माध्यमिक विद्यालयको स्वर्ण महोत्सवकको उद्घाटन गर्न राष्ट्रपति बिद्यादेती भण्डारी आउने भएपछि विद्यालयले यतिबेला स्वदेश तथा विदेशमा प्रचार प्रसारसँगै चन्दा संकलनलाई तीब्रता दिएको छ ।

मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घा भुवाचिदीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयले आफ्नो ५० बर्षमा प्रवेश गरेको अवसरमा आँउदो फागुन ३ देखि ७ गतेसम्म विद्यालयले विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु सहित स्वर्ण महोत्सव मनाउन गैरहेको छ ।

विद्यालयको स्वर्ण महोत्सवको राष्ट्रपति भण्डारीव्दारा फागुन ४ गते समुद्घाटन गर्ने कार्यक्रम रहेको विद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.