अधिकारीचौर घैया खेतको गोठमा आगलागी हुँदा दुई वालवालिकाको जलेर मृत्यु !

राम सुवेदी, बुर्तिवाङ २०७३ माघ २४ । अधिकारीचौर गाउँ विकास समिति वडा नं.३ घैयाखेत, बगाह भन्ने स्थानमा आज विहान आगलागी हुँदा ७ वर्षिय बालक र ३ वर्षकी बालिकाको जलेर मृत्यु भएको छ ।

उनिहरु वसोवास गर्दै आएको अस्थाई गोठमा आगलागि हुँदा ७ वर्षका बालक यमलाल विक र ३ वर्षकी वालिका संझना विकको मृत्यु भएको हो । मुतकहरुका बाबु ओम बहादुर बिक रोजगारीका लागि विदेशमा रहेका आमा पारु विक विहानै घाँस काट्न बारीमा गएको बेला विहान चुल्होमा आगो बलिरहेका अवस्थामा अचानक हावाहुरी चलेर गोठमा आगो सल्केर गोठ भित्र रहेका दुई भाई बहिनको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण रानाले बताए । स्थानीयको भनाई र प्रत्यक्ष स्थलगत घटनाक्रमलाई हेर्दा यस्तो देखिएको प्रनि रानाको भनाई थियो ।

विहान करिव ८ वजेको समयमा आगो वलिरहेको चुल्होबाट खरको गोठमा आगलागि भएको घटनास्थलमा पुगेको प्रहरी टोलीले जनाएको छ ।

आगलागि भएको गोठ नजिक मानववस्ती तथा गाउँ नभएकाले त्यस समयमा कतैबाट गुहार नपाएर वालवालिकाको आगोमा जलेर मृत्यु भएको स्थानीय तालबहादुर छन्त्यालले बताए । दुई वालवालिकाको पोष्टमाटमका लागि अहिले शव प्राथमिक स्वास्थ्य केन्द्र तर्फ ल्याईदै गरेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.