शिक्षाप्रेमी सापकोटाबाट विष्णु प्रावि छिसलाई रु २ लाख ५२ हजार रकम सहयोग !

कौरव खत्री बागलुङ २०७४ माघ १५ । गल्कोट नगरपालिका वडा नं.९ रिष्मी निवासी स्व.बरापति सापकोटाको नाति स्व.रविलाल सापकोटाको छोरा हाल रोजगारीको शिलशिलामा जापानमा कार्यरत समाजसेवी तथा शिक्षाप्रेमी शेषकान्त सापकोटा (पशुपति) ले सोही वडा छिस बदमपाटामा रहेको विष्णु प्राथमिक विद्यालयकोलागि विद्यालयको रजत महोत्सवको अवसरमा प्रदान गरेका हुन् ।

रु.२ लाख ५१ हजार,५सय,५६ रुपैया नगद र विद्यार्थीहरुलाई ४५ पिस स्वीटर सहयोग प्रदान गरेको विद्यालयका प्रधानाध्यापक प्रेमसागर सापकोटाले ईबागलुङ डटकमलाई बताए ।

सो अवसरमा समाजसेवी सापकोटाले आफु १२ बर्षदेखि निरन्तर जापानमा रहेर पनि आफ्नो गाँउ ठाँउ र जन्मभुमिप्रति केहि सहयोग गनु पर्छ भन्दै अरुलाई समेत सहयोग प्ररेणा र भावना जागोस भनेर आफुले विद्यालयलाई सहयोग गरेको बताए ।

दानवीर सापकोटाले भने, ठुलो ठुलो विद्यालयमा सबैले राम्रो सहयोग गर्ने तर सानो र गरिवका बालवालिकाहरुले पढ्ने विद्यालयलाई पनि आर्थिक सहयोग गरेर शैक्षिक गुणस्तर वृद्धि गरि माथी उठाउनु पर्छ भन्दै आफुले सहयोग गरेको हुँ ।

विद्यालयलाई आर्थिक सहयोग गर्ने चन्दादाताहरुमध्ये पशुपति सापकोटा हालसम्मकै सबैभन्दा बढि आर्थिक सहयोग गर्ने बरिष्ठ चन्दादाताको रुपमा समेत विद्यालयले घोषित गरेको छ ।

यता विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने र कम्प्युटर शिक्षा प्रदान लगायतमा सहयोग रकमले निकै फाइदा पुग्ने विद्यालयका प्रधानाध्यापक प्रेमसागर सापकोटाले बताए ।.

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *