सबैलाई पाएक पर्ने ठाँउमा उच्च शिक्षाको लागी क्याम्पस स्थापना गर्न प्रमुअ अतिथी खरेलको जोड
घनश्याम गौतम, गल्कोट २०७४ माघ १४ । गुुणस्तरिय शिक्षा आजको आवश्यकता रहेको बताउदै नेपाल सरकारका अर्थ मन्त्रालयका सहसचिब शकंर प्रसाद खरेलले क्याम्पस स्थापना गर्न सरकारको तर्फबाट हुने सबै किसिमको सहयोग गर्न आफु प्रतिबद्ध रहेको बताए ।
जनजागृति माध्यमिक बिद्यालयका पूर्ब बिद्यार्थी एब शिक्षक समेत रहेका प्रमुख अतिथी सहसचिब खरेलले सरकारले शिक्षामा लगानी गर्न कुनै कसर बाँकी नराखेको बताउदै आगामी दिनमा पनि जनजागृति माध्यमिक बिद्यालयलाई सरकारको तर्फबाट हुर्ने सबै प्रकारका सहयोग गर्ने बिश्बास दिलाए ।
उनले सबैलाई पाएक पर्ने ठाँउमा उच्च शिक्षाको लागी क्याम्पस स्थापना गर्नुपर्नेमा जोड दिए ।
हिरक जयन्ती समापन समारोहको अबसरमा जनजागृति माध्यमिक बिद्यालमा क्याम्पस स्थापनार्थ १३ सदस्यीय तदर्थ समितिको घोषणा गरिएको थियो ।
कार्यक्रममा शिव माध्यमिक बिद्यालय काडेवास श्रोत केन्द्रका श्रोत ब्यक्ती दिनेश पन्त, पुर्ब बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिरालाल खरेल, तुल बहादुर थापा गलकोट सामुदायिक प्रहरी सेबा केन्द्रकी अध्यक्ष मञ्जु शर्मा चालिसे लगाएतले मन्तब्य राखेका थिए ।
हिरक जयन्तीको अबसरमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा ओशियन गुरुङ एण्ड बिमल क्याबले उपाधी उचाल्दै नगद एक लाख साठीका साथै साथमा प्रमाणपत्र प्राप्त गरे भने प्रतियोगिताको उपबिजेता बनेको गलकोट मोडनाईज्ड एकेडेमीले नगद ६० हजार ६० साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै खुल्ला महिला भलिबल प्रतियोगितामा श्रेष्ठ हार्डबयेर एण्ड अटोमोबाईल हटिया प्रथम, गलकोट नगरपालिका, गलकोट व्दितिय भएको बिद्यालयले जनाएको छ ।
कार्यक्रमको अबसरमा बिद्यालयलाई सहयोग गर्ने सहयोगदाता, जनजागृति माध्यमिक बिद्यालयमा अध्ययन गरी हाल डक्टर तथा ईन्जिनिएर बनेका पुर्ब बिद्यार्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बेदिलाल सापकोटाको अध्यक्षता, सहायक प्रधानाध्यापक डिल बहादुर बुढाथोकी र शिक्षक सोमलाल सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमको अबसरमा कलाकार गाएक तथा संगितकार थानेश्बर गौतमले आमा एल्बम सर्बाजनिक गर्नुुभएको पत्रकार मित्र खरेलले जानकारी दिए । अहिले खुल्ला सामुहिक लोकनृत्य प्रतियोगिता सञ्चालन भैरहेको छ । कार्यक्रममा आज राष्ट्रिय कलाकार बिष्णु खत्री र थानेश्वर गौतम, जुना श्रीस लगाएतले साँगीतिक प्रस्तुति दिएका थिए ।