मेयर कप फुटबलको तयारी पूरा : प्रतियोगिता इतिहासमै पहिलो भएको मेयर पौडेलको खुलासा !

बागलुङ २०७४ माघ १४ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शहीद दिवसको अवसरमा आयोजना गरिएको मेयर कप फुटबल प्रतियोगिता इतिहास मै पहिलो भएको बताएका छन् ।

युवा विकासको आधार खेलकुद पर्यटन र रोजगार भन्ने मुल नारा साथ आयोजना गरिएको मेयर कप फुटबल प्रतियोगिताको तयारीबारे जानकारी दिन बानपाले आईतवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख पौडेलले शहीदहरुको सम्मानार्थ माघ १६ गते शहिद दिवसकै दिन उद्घाटन गरिने बताए ।

बागलुङ नगरपालिकाले प्रतियोगिता सन्चालन गर्न रु १५ लाख रुपयाँ विनियोजन गरेको छ । अन्य कार्यको लागि थप १५ लाख रुपयाँ खर्च लाग्ने पन नगरप्रमुख पौडेलले बताए ।

प्रथम मेयर कप फुटबल प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्न नगरपालिकाले जिल्ला खेलकुद विकास समिति जिल्ला फुटबल संघ लगायत अन्य खेलकुद सम्बन्धित संस्थासँग सहकार्य गरेको छ ।

मेयर कपमा बागलुङ, पालुङटार, वालिङ, गैडाकोट, बेनी, गल्कोट,कुश्मा, देबचुली, , ब्यास र गोर्खा नगरपालिका तथा पोखरा लेखनाथ महानगरपालिका, बिच खेल हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *