योजनाको गुणस्तर कायम हुन नसके बजेट निकासा नहुने उपभोक्ता समितलाई उपप्रमुखको चेतावनी !

घनश्याम गौतम, गल्कोट २०७४ माघ १४ । गल्कोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरले गुणस्तरिय काम गर्न उपभोक्ता समितिलाई आग्रह गरेकी छन् । गल्कोट नगरपालिकाव्दारा आयोजित योजना कार्यान्वयनको सन्दर्भमा उपभोक्ता समितिलाई अभिमुखिकरण कार्यक्रमको आईतवार पाण्डबखानीमा उद्घाटन गर्दै उपप्रमुख काउचाले कुनै पनि योजनाको गुण्स्तर कायम हुन नसके बजेट निकासा नहुने चेतावनी दिईन ।

उनले सबै साना तथा ठुला योजनाहरुको पारदर्शी रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिदै समृद्ध नगरपालिका निर्माण गर्न योजना अनुसार गुणस्तरीय तथा प्रभाबकारी काम हुनुपर्ने प्रष्ट पारिन् । उनले योजना स्टिमेट बमोजिम प्रभाबकारी हुनुपर्ने पनि औँल्याईन ।

गल्कोट नगरपालिकाले योजना कार्यान्वयनको सन्दर्भमा उपभोक्ता समितिहरुलाई अभिमुखिकरण कार्यक्रम आज गलकोट नगरपालिका बडा नम्बर १० पाण्डवखानिका उपभोक्ताहरुको लागी आयोजना गरिएको हो ।

कार्यक्रममा बडा नं १० का सम्पुर्ण आयोजनाका उपभोक्ता समितिका अध्यक्ष र एक जना महिला सहित सबै जनप्रतिनिधिहरुलाई अभिमुखिकरण गरिएको गल्कोट नगरपालिकाले जनाएको छ ।

कार्यक्रमको उद्देश्यबारे प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुबेदीले स्थानीय तहका विकास निर्माणको सन्दर्भमा सम्बन्धित लाभग्राहीहरुको सहभागितामा आवश्यकताको पहिचान, माग छनौट, योजना तर्जुमा,कार्यन्वयन तथा ,अनुगमन जस्ता बिषयमा सहजिकरण गरेका थिए । अधिकृत सुबेदीले अभिमुखिकरण कार्यक्रमबाट विकास निर्माण कार्यमा जनसमुदायको अपनत्व हुन गई निर्माण संरचनाहरु दिगो बनाउन र सम्पन्न संरचनाहरुको मर्मत सम्भार जस्ता भावी क्रियाकलापहरुको दायित्व बोध समेत हुन मद्दत पुग्ने नगरपालिकाको नीति अनुरुप उपभोक्ता समितिबाट योजना संचालन प्रक्रियालाई सहज,सरल र व्यवस्थित एवम् काम कारबाहीलाई पारदर्शी बनाउन उद्धेश्यिले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।

यो कार्यक्रम नगरपालिका क्षेत्रभित्रका सबै वडाहरुमा सँचालन गर्ने कार्यतालिका अनुसार आज बडा नम्बर १० मा सञ्चालन गरिएको नगरपालीकाले जनाएको छ । कार्यक्रममा गल्कोट नगरपालीका बडा नम्बर १० का अध्यक्ष तिलक घर्तीको अध्यक्षता, बडा सदस्य राम प्रसाद बिकको स्वागत, तथा बडा सचिब कर्म प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.