खानेपानी टंकीमा खसेर गम्भीर बनेकी दश वर्षिया बालिकाको निधन

बागलुङ २०७४ माघ १४ । खानेपानी टंकीमा खसेर गम्भीर बनेकी योजना थापाको निधन भएको छ । धौलागिरी अन्चल अस्पतालमा उपचारको क्रममा बालिकाको हिजै निधन भएको बताईएको छ । मृतक बालिका मामाको घरमा हजुरआमा संग बस्दै आएको परिवारिक श्रोतले बतायो ।

शनिवार साँझ पख करीब १० वर्षकी योजना थापा बागलुङ बजारको एक निर्माणाधीन भवनको भूईँमुनीको खानेपानी टंकीमा खसेर गम्भीर हालतमा धौलागिरी अन्चल अस्पताल पुराईएको थियो । उनी स्थानीय कालीगण्डकी बोर्डिङमा कक्षा २ मा अध्ययनरत थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *