कुष्ठ रोगीहरुलाई घृणा नगर्न स्थानीयसंग स्वास्थ्यकर्मीहरुको आग्रह !

प्रेम सुनार, गुल्मी २०७४ माघ १४ । गुल्मीका सवास्थ्यकर्मीहरुले कुष्ठ रोग बारे अझै पनि हाम्रो समाजमा अन्धबिश्वास रहेको , जसका कारण विभिन्न भ्रम फैलाउँदै कृष्ठ रोगीहरुलाई घृणा गर्ने गरेको विरुद्ध सञ्चार माध्यमले जनचेतना छर्नु पर्नेमा जोड दिएका छन । जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले आज सदरमुकाम तम्घासमा ६५ औ विश्व कुष्ठरोग दिवस मनाउने क्रममा पत्रकारहरु संग अन्तरकृया कार्यक्रमका क्रममा यस्तो कुरामा जोड दिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख उत्तमकुमार श्रेष्ठले अझै पनि हाम्रो समाजमा अन्धाविश्वास कायमै रहेकोले कुष्ठरोगीहरुलाई घृणा गर्ने , अलग राख्ने गरेको विरुद्ध जनचेतना छर्नु पर्नेमा जोड दिए । उनले भने –कुष्ठ रोगीहरुलाई छुदैमा उक्त रोग सर्ने कुराम पनि भ्रम हो , सरुवा रोगहरु मध्ये सवै भन्दा कम सर्ने रोग भनेकै कुष्ठ रोग हो , यसर्थ यस रोगबाट डराउनु पर्ने र कुष्ठ रोगीहरुलाई घृणा गर्नु गलत हो ।

कुष्ठरोग बारे प्रकाश पार्दै त्यस कार्यालयका क्षय–कुष्ठरोग सुपरभाईजर शिशीर शिलवालले गुल्मीमा जम्मा ५ जना कुष्ठरोगीहरु रहेको र उनिहरुलाई अन्य विकट जिल्लामा जस्तो परिवार र छिमेकीले घृणा नगर्ने गरेको जानकारी दिए । हात खुट्टामा दाग लगायत कुष्ठ रोगको लक्ष्यण पाउन साथ स्वास्थ्य संस्थामा परिक्षण गराई त्यस्तो पाईए तत्काल उपचार गर्न सकिने भएकोले नडराई , नहिच्कीचाई सम्र्पक राख्न उनले अनुरोध गरे । ‘कुष्ठरोग कुनै पापबाट हुने रोग होईन, सरी हाल्ने र मरी हाल्ने रोग पनि होईन ,यस प्रति फैलाईएको भ्रमका कारण अझै पनि कतिपय विकट जिल्लामा कुष्ठरोगीहरुलाई परिवारजनले बेग्लै घर बनाएर राखेको पनि पाईयो’– उनले भने –‘ कुष्ठरोगी संग वस्दैमा सरी हाल्छ भन्ने भ्रमबाट सवै मुक्त हुन जरुरी छ ।’

कार्यक्रममा जिल्लाभरको स्वास्थ्य गतिविधीबारे अर्का सुपरभाईजर वोम अर्यालले प्रकाश पारेका थिए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष नवराज भुसालको प्रमुख आतिथ्यता थियो भने जिल्ला अस्पताल गुल्मीका डाक्टर देवेन्द्र कँडेलको विशेष अतिथ्यता रहेको थियो । जिल्ला जनस्वास्थ्य प्रमुख उक्तम कुमार कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेल्थ असिस्टेन पशुपति आर्चायले सहजीकरण गरेका थिए । विश्व कुष्ठरोग हरेक वर्ष जनवरीको अनितम आईतवार मनाउने गरिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *