अनुरोध प्रगतिशील युवा क्लवको बार्षिकोत्सवमा चार प्रमुख अतिथी !
त्रिभुवन माविको स्वर्ण महोत्सवको उद्घाटन राष्ट्रपति भण्डारीबाट हुने !

कौरब खत्री, गुल्मी २०७४ माघ १४ । गुल्मी मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घा भुवाचिदीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयले आउँदो फागुन ४ हुने स्वर्ण महोत्सवको उद्घाटनमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने विद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिएका छन् ।

मुसिकोट नगरपालिकाले नमूना विद्यालय बनाउन र प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्य अनुसार विद्यालयले आँउदो फागुनमा स्र्वण महोत्सव मनाउन गइरहेको छ ।

स्वर्ण महोत्सवलाई लक्षित गदै विद्यालयले हालसम्म रु ७६ लाख आर्थिक सहयोग जुटाएको छ ।

महोत्सव नजिकीदै गर्दा विद्यालयले आर्थिक संकलन अभियान देश तथा विदेशमा समेत तिव्रताका साथ अगाडी बढाइरहेको विद्यालयका शिक्षक रायमाझीले जानकारी दिए । महोत्सव आँउदो फागुन ३ देखि ७ गतेसम्म सञ्चालन हुन गइरहेको छ ।

यसैबीच मुसिकोट नगरपालिका वडा नं. १ अरेवामा रहेका अनुरोध प्रगतिशील युवा क्लवले आफ्नो १८ औ बार्षिकोत्सव चार छुट्टा छुट्टै प्रमुख अतिथिहरुको आतिथ्यतामा मनाउने भएको छ ।

क्लवको बैठक बसी कार्यक्रमको तालिका सार्वजनिक गदै माघ २६ लाई टिम दर्ताको समय दिदै २७ गते मुनपा १ का वडाअध्यक्ष पूर्ण बहादुर हितानको प्रमुख आतिथीको रुपमा भलिबल खेलको उद्घाटन गर्ने भएको छ भने २८ गते भलिवलका प्रथम र व्दितीय पुरस्कारका प्रायोजकलाई प्रमुख बनाउने निर्णय गरेको छ ।

यस्तै क्लवले २९ गतेलाईे मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटलाई प्रमुख अतिथि बनाउने भएको छ साथै फागुन १ गते बागलुङ जिल्ला ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीलाई प्रमुख अतिथि बनाउने निर्णय गरिएको कार्यक्रमका संयोजक शक्तिराज घिमिरेले जानकारी दिए ।

साथै क्लवले रु.१ हजारदेखि रु.५ हजारसम्म चन्दा दिने चन्दादातालाई खादा र प्रशंसा पत्रले सम्मान गरिने र रु.५ हजार १ रुपैया देखि १० हजारसम्म सहयोग गर्ने चन्दादातालाई दोसल्ला र प्रशंसा पत्रले सम्मान गर्ने तथा रु.१० हजार १ रुपैया देखि १५ हजारसम्म आर्थिक सहयोग गर्ने चन्दादातालाई फेरेम सहितको प्रशंसा पत्र र दोसल्लाले सम्मान गनुको साथै १५ हजार १ रुपैया भन्दा माथी आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई फेरेम सहितको प्रशंसा पत्र दोसल्ला र क्लवको आजीवन सदस्य बनाउने जस्ता क्लवले केहि महत्वपूर्ण निर्णय गरेको कार्यक्रम संयोजक घिमिरेले बताए ।

साथै क्लवले कृषि मेला प्रर्दशनी भने माघ २९ गते गर्ने निर्णय गरेको छ । क्लवको बार्षिकोत्सव भने मुनपा १ अरेवाको बिसौना खेल मैदानमा हुने क्लवले जनाएको छ । बार्षिकोत्सव अवधिभर प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहने छ ।

राष्ट्रिय कलाकार तर्फ सन्तु थापा र हास्य कलाकार अर्जुन कँुवर(पित्ले बुढो) लगायतका कलाकार रहने क्लवले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.