पेसागत हकहितका लागी शिक्षकहरु एकजुट हुन आव्हान !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ माघ १४ । एकीकृत अखिल नेपाल शिक्षक संगठनको एकताको सातौ बागलुङ जिल्ला सम्मेलन गल्कोट हटियामा सुरु भएको छ । सम्मेलनको उदघाटन गर्दै केन्द्रिय उपाध्यक्ष झपेन्द्र क्षेत्रीले शैक्षिक बिभेदको अन्त्य गरि गुणस्तरिय शिक्षा र पेसागत हकहितका लागी शिक्षकहरु एकजुट हुन आव्हान गरेका छन् ।

सम्मेलनमा प्रदेश सभा सदस्य चन्द्र बहादुर बुढा सागर, नेकपा माओबादी केन्द्र बागलुङ ईन्चार्ज फमलाल न्युरे, दीपा रोका, नेकपा माओबादी केन्द्र जिल्ला संह संयोजक राजिव घिमिरे, संगठनका सचिवालय सदस्य फरिन्द्र खड्का, नेपाल शिक्षक संद्य जिल्ला सचिव हेमराज गैरे, नेपाल शिक्षक महासंद्य बागलुङका सहसचिव सुनमाया ढकाल, हरिचौर स्रोतकेन्द्रका स्रोतब्यक्ति बम बहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय प्रतिनिधि राम बहादुर खत्री, अखिल नेपाल शिक्षक संघ गलकोटका अध्यक्ष पुष्कर सापकोटा, अखिल क्रान्तिकारीका पुर्व उपाध्यक्ष दिवस खत्री लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सम्मेलनमा पुर्व अध्यक्ष कृष्ण थापा, जित बहादुर खत्री, रामप्रसाद पाण्डे र प्रदेश नम्बर ४ का सांसद चन्द्र बहादुर बुढा सागर र दीपा रोकालाई सम्मान प्रदान गरिएको थियो ।
सम्मेलनमा अध्यक्ष मुहमद अजीजले प्रस्तुत गरेको राजनैतिक तथा प्रगति प्रतिबेदन संशोधन सहित पारित भएको थियो । उपाध्यक्ष सुर्य महतले आर्थिक प्रतिबेदन प्रस्तुत गरेको बताईएको छ ।

जिल्लाका १० वटा पालिकाहरुको प्रतिनिधिहरुको सहभागीता रहेको सम्मेलनले २३ निर्वाचित र ८ मनोनित गरि ३१ जनाको जिल्ला समन्वय समिति गठन हुने र गठनको लागी प्रक्रिया अगाडि बढेको निर्वाचन मण्डलका अध्यक्ष फरिन्द्र खड्काले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.