बिहुँ चिरपानी खोलातिर आधारभूत बिद्यालयको बर्षिकोत्सव सम्पन्न !

कोपिला कंडेल, बागलुङ २०७४ माघ १३ । खोलातिर आधारभूत बिद्यालय काठेखोला गाउपालिका ६ चिरपानी बागलुङको २९ औ साधारण सभा आज एक समारोहका बिच सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै काठेखोला गाउंपालिकाका अध्यक्ष अमर थापाले वर्तमान शिक्षा नितिलाई परिस्कृत र परिमार्जित गर्दै लैजानुपर्ने बताए । परम्परागत शिक्षा प्रणालीले बिद्यार्थीको चौतर्फी बिकास गर्न नसक्ने चर्चा गर्दै अध्यक्ष थापाले आधुनिक र प्रविधि मैत्री शिक्षा हुनुपर्नेमा जोड दिए । गुणस्तरीय शिक्षा प्राप्तीको लागि शिक्षक अभिभावक र बिद्यार्थी एक हुनुपर्दछ अध्यक्ष थापाले भने साझा पहल र प्रयत्नबाट मात्र शिक्षा क्षेत्रमा भएका सबैखाले समस्याको समाधान गर्न सकिन्छ ।

उनले बिद्यालयको भौतिक एबं शैक्षिक सुधारका लागि आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा काठेखोला गाउंपालिकाका प्रमुख प्रशासकिय अधिकृत सीता न्यौपाने, काठेखोला गाउंपालिका वडा नम्वर २ का अध्यक्ष बिद्यापति शर्मा, ६ का अध्यक्ष युक्त प्रसाद कंडेल, भिमसेन माबि बिहु सुल्डाडांका प्रधानाध्यापक रघुनाथ कंडेल, बिद्यालयका संस्थापक गंगा प्रसाद कंडेल, वडा नम्वर ६ का सदस्य लिलाधर ढुङ्गाना र पत्रकार महासघं बागलुङ्ग शाखाका सल्लाहकार कोपिला कंडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा बिद्यालयमा स्थापना गरिएका दर्जन बढी अक्षय कोषबाट उत्कृष्ट जेहेन्दार अनुशासित दलित बिपन्न अपाङ्ग लगायतका बिद्यार्थी एबं अभिभावक र शिक्षकहरुलाई सम्मान एबं पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा बिद्यालयका प्रधानान्यापक ओम प्रसाद न्यौपानेले बिद्यालयको बार्षिक एबं प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा बिद्यार्थीहरुले गीत एबं नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण दक्त कंडेलको अध्यक्षता, बिद्यालयका शिक्षक डिलाराम कंडेलको स्वागत मन्तब्य र शिक्षक मणिराज शर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *