यस तस्वीरमा देखिएको राँगोको मुल्य कति होला ?

भारत, २०७४ माघ १३ । यस तस्वीरमा देखिएको राँगोको मुल्य कति होला ? १० लाख, २० लाख, १ करोड १० करोड रुपयाँ ? नाई यो राँगोको मुल्य १५ करोड रुपयाँ भन्दा बढी पर्ने बताईएको छ ।

यो राँगो अहिले भारतको हरियाणा राज्यबाट रायपुरमा आयोजित पाँच दिवसीय राष्ट्रिय कृषि मेलामा प्रदर्शनका लागि राखिएको छ । यो सबैको आकर्षणको केन्द्र बनेको छ ।

५ फिट ९ इन्च अग्लो र ८ फिट लामो राँगोको नाम हो युवराज र यसका मालिकको नाम हो करमवीर । करमवीरको युवराजले २६ भन्दा बढी प्रतियोगिता जितेको छ भने यसबाट जन्मिएका पाडापाडीको भारतमा धेरै माग रहेको छ । करमवीरले यसको वीर्यबाट हरवर्ष १ करोड ३० लाख रुपयाँ आर्जन गर्छन् ।
यस राँगाको पालन पोषणमा एक दिनमा करीब ५ हजार रुपयाँ लाग्ने खर्च लाग्ने पनि समाचारमा उल्लेख छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *