केन्द्रीय मौरीपालन सहकारी संघको सञ्चालकमा बागलुङका उपाध्याय चयन !

बागलुङ २०७४ माघ १३ । बागलुङका अगुवा मौरीपालक कृषक मोहनराज उपाध्याय नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडको आठौ वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा सञ्चालक समितिको सदस्य पदमा चयन भएका छन् ।

जैमिनी नगरपालिका वडा नं ७ स्थित स्वावलम्बी मौरीपालन सहकारी संस्थाका अध्यक्ष उपाध्याय शनिवार काठमाडौंस्थित केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रमा आयोजित आठौ वार्षिक साधारणसभाबाट संघको सञ्चालक पदमा सर्वसम्मत चयन भएका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.