विद्युत विकासमा बडीगाड गाउँपालिकाले ठोस योजना अगाडी सार्ने –अध्यक्ष पाइजा

कमल पौडेल, खर्वाङ (बागलुङ) २०७४ माघ १३ । गिरौंदी खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड बडीगाड गाउँपालिका वडा नं. २ को छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले नागरिकको सहकार्यवाट मात्रै राज्यको योजना सफल वन्न सक्ने वताएका छन् । विद्युत विकासमा सन्दर्भमा गिरौंदी खोलाको महत्वपूर्ण योगदान रहेको भन्दै पाइजाले वडीगाड भित्रै तत्कालै केहि ठूला योजना संचालन गर्ने योजना वनाएको समेत खुलासा गरे । पाइजाले रणसिंहको खानी व्यवस्थापनको लागी योजना वनाईरहेको समेत वताए ।

सभामा बडीगाड गाउँपालिका वडा नं. १ का वडाध्यक्ष वोम वहादुर थापा, वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, परियोजनाका संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक मित्र वहादुर पुन, नेकपा एमालेका कृष्ण प्रसाद खरेल, राष्ट्रिय जनमोर्चाका भिमलाल पोखरेल, त्रिभुवन माविका प्रधानाध्यापक ढालमणि भण्डारी, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमनाथ अर्याल, पशुसेवा केन्द्रका प्रमुख महेन्द्र राज पन्थी, लेखा समिति संयोजक वेद प्रसाद पोखरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सभामा अध्यक्ष वेल वहादुर थापाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुर्य वहादुर अधिकारीले आर्थिक प्रतिवेदन तथा सचिव दुर्गा अर्यालले प्रस्तावित वजेट प्रस्तुत गरेका थिए ।

कार्यक्रम विद्युत सहकारीका अध्यक्ष वेल वहादुर थापाको अध्यक्षता, उपाध्यक्ष विष्णु माया अर्यालको स्वागत मन्तव्य तथा सचिव दुर्गा अर्यालको संचालनमा सम्पन्न भएको थियो। साधारण सभाको अवसरमा बडीगाड गाउँपालिका वडा नं. १ र २ का स्थानिय जनप्रतिनिधिहरुलाई सम्मान गरेको थियो।
८५ किलोवाट क्षमता रहेको परियोजनाले २०६४ साल देखि विद्युत उत्पादन गर्दै आएको छ। विद्युतको विकास भए संगै यस क्षेत्रमा सामाजिक सांस्कृतिक परिवर्तन समेत देखिएको छ। ८ सय ७१ जना शेयर सदस्य रहेको सहकारीको ५५ लाख वढि लगानी मौज्जाद रहेको छ भने कुल पुँजी २ करोड ८४ लाख ५७ हजार ४ सय ५७ रहेको छ। हाल विद्युत उपयोगमा वृद्धि भएको र परियोजना वाट उत्पादित विद्युतले अपुग हुन थालेको भन्दै ३० किलोवाटको दोश्रो परियोजना समेत सहकारीले सुरु गरेको छ।

यसैवीच मिलन व्यावसायीक कृषि सहकारी संस्था लिमिटेड बडीगाड गाउँपालिका वडा नं. २ खर्वाङको समिक्षा वैठक खर्वाङमा सम्पन्न भएको छ। यहि माघ १६ गते हुने वार्षिक साधारण सभाको तयारी स्वरुप सो समिक्षा तथा तयारी वैठक आयोजना गरिएको हो।

वैठकले साधारण सभामा प्रस्तुत हुने आर्थिक तथा प्रगति प्रतिवेदन सहित आवश्यक तयारीको लागी जिम्मेवारी समेत तय गरेको छ। वैठक सहकारीका अध्यक्ष दिन वहादुर केसी विष्णुको अध्यक्षता तथा सचिव जिव वहादुर थापा जीवनको संचालनमा सम्पन्न भएको थियो।

यस्तै बडीगाड महिला तथा वालवालिका सशक्तिकरण केन्द्र बडिगाड गाउँपालिका को भेला तथा वैठक खर्वाङमा सम्पन्न भएको छ। वैठकले संस्थाको वैधानिकताको लागी जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने लगाएतका निर्णय गरेको छ। वैठक अध्यक्ष विनाकुमारी थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *