मोती पुस्तकालयको १० औँ साधारण सभा सम्पन्न ,अध्यक्षमा पौडेल सर्वसम्म्त चयन !

निर्मल पौडेल पर्वत २०७४ माघ १३ । फलेवास नगरपालिका ५ खानिगाउँमा अवस्थित मोती सामुदायिक पुस्तकालयको १० औँ साधारण सभा शनिवार सम्पन्न भएको छ । सभाले कृष्णराज पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमित गठन गरेको छ । लामो समय सम्म शिक्षा क्षेत्रमा काम गरेका पौडेल सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा सुरक्षा लामिछाने,सचिवमा रामचन्द्र पुरी र कोषध्यक्षमा हरी प्रसाद शर्मा पोख्रेल चयन भएका छन् । सदस्यहरुमा खानीगाउँका वडाध्यक्ष दिपक शर्मा पौडेल, फलेवास नगर कार्यपालिका सदस्य केश माया परियार ,चित्र कुमारी सुनार,सुवास सापकोटा, टेक नारायण सापकोटा ,नारायण लामिछाने, गोविन्द लामिछाने ,इन्द्र प्रसाद सापकोटा चयन हुनु भएको छ । त्यस्तै सल्लाहकार समितिको संयोजकमा जगन्नाथ लम्साल र सह संयोजकमा विष्णु शर्मा लम्साल रहेका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि भेलालाई सम्वोधन गर्दै पौडेलले मोती सामुदायिक पुस्तकालयको अध्यक्ष जस्तो गरिमामय पदमा आफुलाई निर्विरोध निर्वाचित गराएकोमा सवैलाई धन्यवाद ज्ञापन गर्दै पौडेलले पुस्तकालयको संरक्षण र पुस्तकालयले गर्ने सामाजिक कार्यलाई थप मजवुत गराउँदै लैजाने प्रतिवद्धता जाहेर गरे ।

सभामा वोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले मोती सामुदायिक पुस्तकालयले ग्रामिण समुदायमा पु-याएको योगदान अतुलनीय भएको चर्चा गर्दै पुस्तकालयको विकासका लागि नगरपालिकाले सक्दो पहल गर्ने आश्वासन दिए ।

त्यस्तै कार्यक्रममा मोति सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष एवंम् वरिष्ठ समाजसेवी पुस्तकालय विस्तारका अभियन्ता भोलानाथ शर्माले पुस्तकालयले स्थापनाकाल देखिनै समाज परिवर्तनमा गहन भुमिका खेल्दै आएको भन्दै सवैलाई पुस्तक पढ्ने वानिको विकास गर्न जोड दिए ।

सो अवसरमा युवा कवि ईश्वर सत्यको तेह्रौँ कृति कल्याणको विमोचन गरिएको थियो ।

कार्यक्रममा पुस्तकालयका पुर्व अध्यक्ष एवं समाजसेवी विष्णु शर्मा लम्सालले नयाँ कार्यसमितीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । पर्वतमा पुस्तकालय विस्तारको लागि यस पुस्तकालयले अगुवाई गर्दै आएको छ ।

नेपाल लाइव्रेरी क्यानडाको १ लाख ६० हजार रुपयाँ र मोती सामुदायीक पुस्तकालयको ४० हजार रुपैयाँको लागतमा विद्युतीय पुस्तकालय समेत सञ्चालनमा ल्याएको छ । विधुतिय पुस्तकालय संचालनमा आएपछि पुस्तकालयमा पाठकहरुले पाठ्य सामाग्रीहरु पढ्ने र प्रयोग गर्ने गरिरहेका छन् ।
विक्रम संवत २०१६ सालमा घरको कोठावाट शुरुवात गरिएको पुस्तकालयको अहिले आँफ्नै निजी भवन रहेको छ । पुस्तकालयले समुदायमा धेरै सशक्तिकरणका कार्यक्रमहरु औपचारिक रुपमा हरेक महिना गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.