सातसय बगाले थापा समाज मल्मको चौंथो अधिवेशन सम्पन्न !

थम्मन थापा सन्देश, गल्कोट २०७४ माघ १३ । सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको चौंथो अधिवेशन नयॉ नेतृत्व गर्दै आज सम्पन्न भएको छ ।

अधिवेशनले दल बहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय नयॉ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा घनश्याम थापा, सचिवमा टोप बहादुर थापा, सहसचिवमा शेर बहादुर थापा र कोषाध्यक्षमा अम्मर बहादुर थापा रहेका छन् । सदस्यहरुमा भक्त बहादुर थापा, छलि कुमारी थापा, डिल बहादुर थापा, नर बहादुर थापा, गंगा बहादुर थापा, थुमा थापा, खिम बहादुर थापा र सावित्रा थापा रहेका छन् । वैकल्पिक सदस्यमा चित्र बहादुर थापा, विर बहादुर थापा, प्रेम बहादुर थापा अमृता थापा र बम बहादुर थापा रहेका छन् ।

सो अवसरमा दल बहादुर थापा ९ख० को संयोजकत्वमा ३ सदस्यिय सल्लाहकार समिति चयन गरिएको छ । सदस्यमा टिका बहादुर थापा र लोकबहादुर थापा रहेका छन् ।

अधिवेशन मार्फत छुम बहादुर थापा, दल थापा र हुम थापा रहेको ३ सदस्यिय केन्द्रिय प्रतिनिधि, बम बहादुर थापा र थम्मन थापा सन्देश रहेको ग्रिन बुक प्रकाशन समिति, केहरसिंह थापा संयोजक रहेको ३ सदस्यिय लेखा समिति, ३ सदस्यिय विदेश विभाग, ३ सदस्यीय संरक्षक समिति समेत चयन गरिएको छ ।

जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा समाजका संरक्षक एवं गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, केन्द्रिय प्रतिनिधि छुम बहादुर थापा र पुर्व सदस्य नर बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संस्थाको प्रगति प्रतिवेदन सचिव केहरसिंह थापा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष घनश्याम थापाले प्रस्तुत गरेका थिए। कार्यक्रममा सहयोगदाता, जग्गादाता र समाजसेवीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम सातसय बगाले थापा समाजका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता, सदस्य छलि कुमारी थापाको स्वागत र सचिव केहरसिंह थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *