राजनीतिक आस्थाका आधारमा विभाजित जातिय संगठन भङ्ग गर्न दलित अधिकारकर्मीको माग !

रविना बोहरा, बागलुङ २०७४ माघ १३ । विभिन्न राजनीतिक आस्थाका आधारमा विभाजित जातीय संगठन विगठन गर्न बागलुङका दलित अधिकारकर्मीहरुले माग गरेका छन् । विभेद र उत्पीडित सबै राजनीतिक दलमा कायम रहेको बताउँदै उनीहरुले दलित संगठन एक ठाउँमा गोलबद्ध हुनुको विकल्प नभएको बताएका हुन । भिमापोखरामा दलित समुदायका दुध सहकारीले नलिएको बिषय विभिन्न सञ्चार माध्यममा प्रशारण, प्रकाशन भएपछि उक्त विभेद प्रति आपत्ती जनाउदैँ दुध बिक्रि गर्न पाउनुपर्ने माग समेत गरेका छन् ।

भगत सर्वजित विश्वकर्मा प्रतिष्ठान बागलुङले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकारकर्मीहरुले दलित समुदायलाई विभिन्न राजनीतिक संगठनमा विभाजन गरी सत्ता प्राप्तीको भ-याङ्ग बनाएको भन्दै सबै राजनीतिक दलले जातिय मोर्चा विगठन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै उत्पीडित जातिय मुक्ती समाजका पूर्वअध्यक्ष धनबहादुर परियारले निर्णय अधिकार विनाका जातिय मोर्चाहरु मुल पार्टीका रैती भएको बताए भने अर्का अधिकारकर्मी तथा मुक्ति मोर्चाका अध्यक्ष लालबहादुर परियारले दलित अगुवाहरु आफ्नो पद गुम्ने डरले मुल पार्टीसँग दलित प्रतिधित्वका विषयमा खुलेर बोल्न नसकेको आरोप लगाए ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार धनकाजी विश्वकर्मा, नगर कार्यपालिका सदस्य कविराम किसान, दलित वर्गउत्थान जिल्ला समन्वय समितिका उपाध्यक्ष रविलाल विक, पूर्व दलित वर्गउत्थान जिल्ला समन्वय समितिका उपाध्यक्ष टिकाकुमारी विक, मिजार समाजका अध्यक्ष रणसिंह बोहोरा, युवा दलित संजालका अध्यक्ष राजकुमार बोसेल, जेष्ठ नागरिक गंगाराम विश्वकर्मा लगायतले बोलेका थिए ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष ओमबहादुर विश्वकर्माको अध्यक्षता, रामकृष्ण विश्वकर्माको स्वागत र परशुराम विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमको उद्देश्यबारे नगर कार्यपालिका सदस्य तथा प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मी बोहराले प्रकाश पारेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *