ग्लोबल आईएमई बैेकको आयोजनामा बुर्तिवाङमा बित्तीय साक्षरता कार्यक्रम

झरना कँडेल, बुर्तिवाङ २०७४ माघ १३ । ग्लोबल आईएमई बैकं बुर्तिबाङ शाखाले आज बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकिङ सेक्टरबारे सबै जनमानसमा पुर्णतया ज्ञान नभएको यस क्षेत्रमा यसबारे जानाकारी गराउने उद्धेश्यले बुर्तिबाङमै पहिलोपटक सञ्चालित कार्यक्रममा बैंकिङ बीज्ञ पूर्णमान मापीतले साक्षरता भनेको के हो , बित्तीय साक्षरता के का लागी र त्यसको फाईदा , बचत, बचतका चुनौती, बचत कसरी गर्ने भन्ने बारेमा जानाकारी गराएका थिए । सो क्रममा उनले भबिष्यका लागी सबैले सानो सानो रकम पनि बचत गर्ने बानी बसाल्नुपर्ने सल्लाहा दिएका थिए ।

कार्यक्रममा प्रदेश सभासद टेक बहादुर घर्तिमगर , ईलाका प्रसासन कार्यलयका निमीत्त प्रमुख लोक बहादुर कुवंर , ग्लोबल आईएमई बैकं बुर्तिबाङ शाखाका प्रबन्धक जित बहादुर गुरुङ , बिभिन्न बैंक तथा बित्तीय संस्थाका प्रमुख तथा प्रतिनीधी तथा स्थानीय बुद्धिजीबी , समाजसेबी ,स्थानीय बासिन्दा , बिद्यार्थी तथा पत्रकार लगायतको उपस्थीत्ी रहेको थियो ।

कार्यक्रमको सञ्चालन बुर्तिबाङ शाखाका प्रबन्धक जीत बहादुर गुरुङले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *