महिला नेतृत्व विकास तथा न्यायमा पहुँच सम्बन्धि १ दिने तालिम सम्पन्न !

सुरेश छन्त्याल, गल्कोट पाण्डबखानी २०७४ माघ १३ । बागलुङको गलकोट नगरपालिका १० पाण्डबखानीमा १ दिने महिला नेतृत्व विकास तथा न्यायमा पहुँच सम्बन्धि तालिम शनिवार सम्पन्न भएको छ।

सामुदायिक प्रहरी सेवा केन्द्र गल्कोट नगरपालिकाका अध्यक्ष मन्जु शर्मा चालिसेको अध्यक्षतामा भएको तालिममा गलकोट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ती, महिला जागरण केन्द्रका अध्यक्ष राधिमा पुन, समाजसेवी मानसिह छन्त्याल,वडा सदस्य रामप्रसाद वि।क लगाएतले मन्तव्य राखेका थिए।

तालिममा अध्यक्ष मन्जू चालिसे, हेमन्त भण्डारी र इलाका प्रहरी कार्यालय हरिचौरमा प्रमुख मन बहादुर विकले तालिम दिएका थिए।

सामुदायिक प्रहरी सेवा केन्द्र गलकोट नगरपालिकाको आयोजनामा प्रहरी कार्यालय हरिचौरका सदस्य होम सुनारको स्वागत संगै सुरु भएको कार्यक्रमको संञ्चालन रमा चालिसेले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *