गल्कोट बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको ईकाई भेला सम्पन्न !

खगेन्द्र विश्वकर्मा, गल्कोट २०७३ माघ २३ । गलकोट बहुमुखी क्याम्पसमा नेकमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको ईकाई भेला आईतबार गलकोट हटियामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारिका केन्द्रीय उपाध्यक्ष दिवश खत्री पदमले गरिब दलित महिला समावेश गर्ने राज्यको हरेक तहमा समाबेश गर्ने वातावरण भएको बताए । क्रान्तिकारी संगठनले गलकोट बहुमुखी क्याप्समा यस अघिपनि जित हात पारेकोले अहिले पनि जित्ने विश्वास व्यक्त गरे ।
स्ववियु निर्वाचनमा उमेरको हद तोकेर राजनितीक पार्टीका कार्यकर्ता भर्ना गरेर विद्यार्थी को नेतृत्व गर्ने परिपाटी हटाएको बताउदै उनले संगठनमा आवद्ध भएर लाग्न अनुरोध गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ज्ञामनाथ गैरे अनिल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन शर्मा लगाएतले बोलेका थिए ।

भेलाले तारापति न्यौपाने,अध्यक्षतामा ३५ सदस्यीय ईकाइ समिती बनाएको छ । समितिको उपाध्यक्ष सरिता खत्री ,कमल परियार, सचिव कुल बहादुर खत्री ,सह सचिव बसन्त कार्की , कोषाध्यक्ष सविना घर्ती लगाएतको समिति गठन गरेको छ ।
कार्यक्रम तारापति न्यौपाने अध्यक्षता सरिता खत्रीको स्वागत र खगेन्द्र विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *