कालीगण्डकी लोकमार्गमा गरिएको लगानी बालुवामा पानी !
लोकमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिन जनप्रतिनिधी एवं स्थानीयको जोडदार माग !

किरण आचार्य, पर्वत २०७४ माघ १३ । राज्यका अरवौँ रुपिया खर्च हुँदै लामो समय बित्दापनि पुुर्वि क्षेत्र कालीगण्डकी लोकमार्ग समयमा सम्पन्न हुन सकेको छैन ।

यो सडक खण्ड निर्माणका लागि २०६४/६५ बाट सडक डिभिजन कार्यालय पोखराले कार्य सुरु गरेको थियो । २०६७ सालदेखि कालीगण्डकी करिडोर सडक स्थापना भई काम सुरु भएको थियो ।

पर्वत जिल्लाको अर्मादीदेखि दक्षिणका स्याङजा हुँदै पाल्पाको रानीमहलसम्म ५२ किलोमिटर सडक निर्माणका लागि झन्डै १ अरव २ करोड लगानी भईसकेको छ । उक्त बजेट मध्ये हालसालै ३२ करोडको पुःन टेण्डर भईसकेको छ ।

यस सडक खण्डमा जताजता माटो छ त्यतै त्यतै खन्ने मात्र गरिएको छ भने खानिएको बाटोमा पनि सवारी साधन गुड्न सकेका छैनन् ।

ठुलो आशा बाकेका स्थानीयहरुले सवारी साधन नचलेपनि पैदल यात्रा गर्न र गाइ, वस्तु हिडाउन सहजता भएको बताउछन ।.

पूर्वी कालीगण्डकी लोकमार्ग खण्ड र पश्चिम कालीगण्डकी करिडोर सडक खण्डलाई संगै लगानी गरेको थियो ।

ठेक्का, पट्टाबाट सडक निर्माण कार्य हुन नसकेपछि नेपाली सेनालाई जिम्मा दिएको ३ वर्षमै बागलुङ खण्ड सम्पन्न भएपछि पूर्वी खण्डमा लापर्वाही भएको र तोकिएको समयमा काम सम्पन्न नभएपछि यस खण्डपनि नेपाली सेनालाई जिम्मा दिनुपर्ने स्याङजा मिर्मीका समाजसेवी घनश्याम भट्राई बताउछन् ।

अहिले यस खण्डमा कुश्म सदरमुकामदेखि पाल्पाको रानीमहलसम्म सजिलो स्थानमा मात्र काम गरेको देखिन्छ ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पदम गिरीले राष्ट्रिय गौरवको आयोजना भएकाले विकास निर्माणमा ढिलाई देखिएकाले जनताका माग पुरा गर्नलाई पनि यो सडक खण्ड छिटो सम्पन्न गर्नका लागि नेपाली सेनालाई हस्तान्तरण गर्नुपर्न बताए ।

यस क्षेत्रका स्थानीयहरु स्याङजा वालिङ निस्केर दक्षिणको यात्रा गर्नुपर्दछ भने उत्तरको यात्रा गर्नका लागि पैदल यात्रा ठाँउठाउमा गाडि परिवर्तन गरि बागलुङ गएरपनि यात्रा गर्न बाध्यता छ ।

अहिले यो सडक खण्ड निर्माण हुँदै गर्दा स्थानीयको खेतीयोग्य जमिनको ह्रास भएको छ भने राज्यले सडकका गरेको लगानी बालुवामा पानी हालेजस्तो भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.