ढोरपाटन नगरपालिकाका ९ वटै वडाका एउटा सचिव कँडेलको स्वागत, अर्का सचिव शर्माको बिदाई !

झरना कँडेल, बुर्तिवाङ २०७४ माघ १३ । शुत्रवार एक कार्यक्रमको आयोजना गरी ढोरपाटन नगरपालिकाबाट सरुवा भएर जानलागेका र नवागन्तुक राष्ट्रसेवक कर्मचारीहरुको बिदाई तथा स्वागत गरिएको छ ।

साविक बुर्तिवाङ र खुंगा गाविसको सचिव तथा हाल ढोनपा को वडा १ देखी ४ सम्मको कार्यभार सम्हाल्दै आएका को रुपमा काम गरिसकेका सचिव विष्णु प्रसाद शर्मा नवलपरासी जिल्ला समन्वय सििमतिमा सरुवा भएकाले उनको बिदाई गरिएको हो भने हालै ढोरपाटन नगरपालिकामा सचिब पदमा नियुक्त भएका कमल प्रसाद कंडेललाई स्वागत गरिएको छ । सचिव शर्माले २०७२ साल देखी सचिव पदको कार्यभार सम्हाल्दै आएका थिए । विदाई भएर जाँदै गर्दा सचिव शर्माले ढोरपाटनवासीबाट पाएको माया र ममता कहिल्यै नभूल्ने बताएका थिए ।

त्यस्तै ,सीङ्गो ढोरपाटन नगरपालिकाको सचिबका पदमा नियुक्त ुभएका कमल प्रसाद कंडेलले, आफुले ढोरपाटन नगरपालिकाका ९ वटै वडाको कार्यभार सम्हाल्नुपर्ने भएकाले सबै वडाको काम चुस्त हुन नसक्नेमा चिन्ता ब्यक्त गरेका छन् ।

कार्यक्रममा ढोनपा १,२ र ३ वडाहरुका अध्यक्ष क्रमश चित्रबहादुर भण्डारी, युवराज महत र हेमेन्द्र घर्तीमगर, नि प्रशासकीय अधिकृत चण्डीराज पौडेल लगायतको उपस्तिति रहेको थियो ।

वडाध्यक्ष युबराज महतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सामाजिक परिचालक बिष्णु बिश्वकर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.