साधन स्रोतको प्रचुर मात्रमा प्रयोग गर्न सकेमात्र देशको समृद्धि र अर्थतन्त्रको विकास सम्भव – गिरी

लोकेन्द्र निरासी बुर्तिवाङ २०७४ माघ १३ । नेपाल बन पैदावार फर्निचर उद्योग व्यवसायी संघ बागलुको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन आज बुर्तिबामा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष भूपेन्द्र गिरीले मैनबत्ती बालेर अधिवेशनको उद्घाटन गरेका थिए ।

उद्घाटनपछि बोल्दै गिरीले देशको हुने बताए । काष्ठ उद्योग र फर्निचर व्यवसायले देशको अर्थतन्त्रको विकासमा उल्लेखनीय योगदान दिएको बताउँदै गिरीले व्यवसायीहरु अनुशासित र इमान्दार भएर मर्यादित रुपमा व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका विशिष्ट अतिथी प्रदेश सभा सदस्य टेक बहादुर घर्ती मगरले वन पैदावार र फर्निचर व्यावसायलाई व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले त्यसमा राज्य तहबाट आफ्नो सकारात्मक भूमिका र सधै सहयोग रहने बताउँदै अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

नेपाल वन पैदावार फर्निचर व्यवसायी संघ जिल्ला समिति बागलुङका अध्यक्ष डम्बर सापकोटाको अध्यक्षता रहेको उक्त कार्यक्रममा फर्निचर व्यावसाय महासंघका केन्द्रिय सदस्य ज्ञान बहादुर नेपाली, फर्निचर व्यावसाय संघ पोखराका सल्लाहकार थमनाथ अर्याल, फर्निचर व्यवसायी एवं बागलुङ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राजन जी.सी., फर्निचर व्यवसायी संघ पर्वतका अध्यक्ष मथुरा कुमार जोशी, जिल्ला बन कार्यालय बागलुङका सहायक वन अधिकृत राम बहादुर वि.क., माओवादी केन्द्रका जिल्ला सदस्य थम प्रकाश पुन, बागलुङ उद्योग बाणिज्य संघ बागलुङका द्धितीय उपाध्यक्ष नरेश कँडेल, इलाका वन कार्यालय बागलुङका प्राविधिक अच्युत लामिछाने, बुर्तिबाङ ढोरपाटन यातायात व्यवसायी समितिका महासचिव नरहरि भुसाल, नेपाल पत्रकार महासंघ बागलुङका सदस्य एवं रेडियो परिवर्तनका प्रबन्ध निर्देशक लोकेन्द्र सुनार लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, जिल्लाभरका विभिन्न क्षेत्रबाट आएका फर्निचर व्यावसायीहरु, अतिथिहरु, पत्रकार एवं सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनकै अवसरमा नेपाल वन पैदावार फर्निचर व्यवसायी संघ बागलुङले नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि ११ हजार १ सय ११ रुपैया सहयोग समेत गरेको छ । उक्त सहयोग रकमको पत्रकार महासंघ बागलुङ शाखाका द्धितीय उपाध्यक्ष नरेश कँडेललाई चेक हस्तान्तरण गरिएको थियो ।

अधिवेशनले पुनः डम्बर बहादुर सापकोटालाई अध्यक्षमा चयन गरेको छ भने सापकोटाको अध्यक्षतामा १४ सदस्यीय नयाँ जिल्ला कार्यसमितिको चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा दल बहादुर घर्ती (गल्कोट), उपाध्यक्षमा धन बहादुर खत्री (बुर्तिबाङ), सचिबमा विमल शर्मा ( बागलुङ), सहसचिवमा कर्ण बहादुर बोहरा (बागलुङ) र कोषाध्यक्षमा दुर्गा बहादुर वि.क.(बागलुङ) रहेका छन् भने अन्य सदस्यहरुमा टेक बहादुर सुनार, दिपक वि.क., सुमन बोहरा, नारायण प्रसाद गौतम, गोरे किसान, दुर्गा बहादुर मगर, नर बहादुर वि.क.र साजन नेपाली रहेका छन् ।

अधिवेशनबाट नयाँ कार्य समितिको पदभार ग्रहण गरेसङ्गै अध्यक्ष सापकोटाले आउँदा दिनहरुमा फर्निचर व्यवसायी संघको संस्थागत विकासको लागि आफू प्रतिबद्ध रहने बताउँदै अधिवेशन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

संस्थाका बरिष्ठ उपाध्यक्ष दल बहादुर घर्तीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन सचिब विमल शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *