प्रवास : कतार नेपाली एकता समाजको अलखोर इकाई समिति गठन !

राम प्रसाद पराजुली, दोहा कतार २०७४ माघ १३ । कतार नेपाली एकता समाज अलखोर एरिया समिति अन्तर्गत ए इकाई समिति हिंजो निर्माण भएको छ । ११ सदस्यीय पुर्ण र ३ सल्लाहकार गरि जम्मा १४ सदस्यीय इकाई समितिको निर्माण गरिएको हो । उक्त समिति निर्माण गर्न प्रमुख अतिथि केन्द्रिय समितिको तर्फबाट केन्द्रिय सदस्य कमरेड राम प्रसाद पराजुली र बिशिस्ट अतिथि अलखोर एरिया समितिका कोषाध्यक्ष धर्मजित विश्वकर्मा उपस्थित रहेको थियो।

समितिका पदाधिकारीहरु यस प्रकार रहेका छन्, अध्यक्ष – प्रदिप ओढारी, पाँचथर, उपाध्यक्ष – बिजय सुनार –बागलुङ, सचिब – कमल घर्ती – बागलुङ, कोषाध्यक्ष – तिलक भण्डारी – बागलुङ, सदस्यहरु – सन्तोश सुनार – बागलुङ, कुल बहादुर खत्री – बागलुङ, तोप बहादुर कुवर -बागलुङ, रेम राज गुरुङ्- स्याङ्जा, मधु नेपाली-दाङ, जेम लान तामाङ – बागलुङ, रन बहादुर नेमाङ लिम्बु- पाँचथर, सलाहकार – नर बहादुर बुढा- बर्दिया, करण तामाङ्-बागलुङ, धर्म जित बिक्-बागलुङ रहेका छन् ।

साथै नब निर्बाचित सम्पूर्ण समितिका पदाधिकारी हरुलाई कतार नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष लुमा कान्त पुन ले बधाइ तथा शुभकामना सन्देश पाठाइ शुभकामना दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *