गनपा- ६ को गुयली जोड्ने मोटर बाटोको ट्रयाक खन्ने काम सुरु !

घनश्याम गौतम, गल्कोट २०७४ माघ १३ । गल्कोट नगरपालिका ६ को गुयली जोड्ने मोटर बाटोको ट्र्याक खोल्ने कार्यको शुभारम्भ गरिएको छ । गल्कोट नगरपालिकाको पूर्वाधार विकासको बजेटबाट रु २ लाख बजेटबाट निर्माण गर्न सूरु गरिएको सो मोटर बाटोको गनपा ६ का वडाध्यक्ष नरबहादुर खत्रीले डोजर चलाएर शुक्रवार शुभारम्भ गरेका हुन् ।

भूगोलको हिसाबले निकट तर मोटरबाटो नछोएकोे गुयलीमा यस्तै ५।६ घर परिवार बस्ने गर्छन् । थोरै मानवबस्ती भएको गुयलीमा बिजुली पानीको सुविधा पुगेपनि मोटर बाटो पुगेको थिएन ।

सो सडक निर्माण गर्नका लागि वीरबहादुर खत्रीको अध्यक्षतामा चरौँदी गुयली सेतिवेसी मोटरबाटो निर्माण समिति बनेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.