काठेखोला गाउपालिकाको वडा नम्वर ६ लाई सुन्तलाको पकेट क्षेत्र बनाईने

कोपिला कंडेल, बागलुङ, २०७४ माघ १२ । काठेखोला गाउंपालिका वडा नम्वर ६ लाई सुन्तला उत्पादनको पकेट क्षेत्र बनाउने निर्णय भएको छ । किम्बोट ब्याव्सायीक कृषि सहकारी संस्था काठेखोला गाउंपालिका ६ले ईनारपानीमा आयोजना गरेको सुन्तला ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया कार्यक्रमबाट ६ नम्वर वडालाई सुन्तलाको पकेट क्षेत्र बनाउने निर्णय भएको वडा अध्यक्ष युक्त प्रसाद कंडेलले जानकारी दिए ।

अन्र्तक्रिया कार्यक्रमको उद्घाटन गर्दै काठेखोला गाउंपालिकाका अध्यक्ष अमर थापाले गाउंपालिकाको सम्मृद्धि र बिकासको लागि गाउं र भुगोललाई उत्पादन संग जोड्नुपर्ने बताए ।

बिहुं सुन्तला उत्पादनको लागि महत्वपुर्ण क्षेत्र भएको भन्दै गाउंपालिका अध्यक्ष थापाले उत्पादनमुखी काममा साझेदारीका हिसाबले अगाडी बढ्नुपर्नेमा जोड दिए । उनंले बिहुंलाई सुन्तलाको पकेट क्षेत्र निर्माण गर्नका लागि गाउंपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

सैगरी बरिष्ठ कृषि बिकास अधिकृत दिनेश आचार्यले किसानहरु अव निर्वाहमुखी कृषिबाट आधुनिक र ब्याव्सायिक कृषि तर्फ लाग्नुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्र्तगत दुईवटा ब्लक क्षेत्र समेत काठेखोला गाउंपालिका ६ मा परेको जानकारी दिए । उनले बिहुं सुन्तालाको पकेट क्षेत्र निर्माण गर्न आफ्नो तर्फबाट पनि सक्दो भुमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा जिल्ला सहकारी सघं बागलुङका अध्यक्ष दिपक गौतम, काठेखोला गाउंपालिका वडा नम्वर ७ का अध्यक्ष प्रेम लामिछाने, पत्रकार महासघं बागलुङ्ग शाखाका सल्लाहकार कोपिला कंडेल र वडा नम्वर ६ का सदस्य लिला ढुङ्गाना लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए

कार्यक्रम काठेखोला गाउंपालिका वडा नम्वर ६ का अध्यक्ष युक्त प्रसाद कंडेलको अध्यक्षता र थानेश्वर कडेलको संचालनमा सम्पन्न भएको थियो ।
सो अवसरमा काठेखोला गाउंपालिका ६ लाई सुन्तला उत्पादनको पकेट क्षेत्र बनाउनका लागि त्यहांका स्थानिय कृषक टंक प्रसाद कंडेलको संयोजकत्वमा १६ सदस्यीय सुन्तला ब्यवस्थापन र कार्यान्वयन समिति समेत गठन गरिएको छ । समितिका सदस्यहरुमा चन्द्रीस्वर कंडेल,कृष्ण थापा,चीन्तामणी कंडेल, चक्रपाणि कडेल, डिलाराम कंडेल, कृष्ण कंडेल, कलाधर कंडेल, देबीलाल कंडेल, टिकाराम कंडेल, कान्तालाल कंडेल, ओम प्रसाद कंडेल दधिराम कंडेल चन्द्रलाल कंडेल बलीभद्र कंडेल र चक्रपाणी कंडेल रहेका छन ।

त्यसैगरी सुन्तला उत्पादनको पकेट क्षेत्र बनाउने बारे लिखित प्रमाणिकरणका लागि गंगा प्रसाद कंडेल, कुल प्रसाद कंडेल, सुर्दशन कंडेल, भवानी प्रसाद कंडेल र भवदक्त कंडेल रहेको ५ सदस्यीय समिति गठन गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *