गल्कोट पाण्डबखानीमा आगो ताप्दै टर्च बालेर नागरिकता वितरण !

सुरेश छन्त्याल, गल्कोट पाण्डबखानी २०७४ माघ १२ । बागलुङको गलकोट नगरपालिका १० पाण्डबखानीमा जेष्ठ नागरिक, अपांगलाई परिचयपत्र र नागरिकता वितरण शुक्रवार सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय बागलुङ, जिल्ला जन स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरि अञ्चल आयुर्वेद औषधालय र महिला तथा बालबालिका कार्यालय बागलुङको आयोजनामा १ दिने एकीकृत घुम्ती सेवा शिविर पाण्डबखानीमा आज सम्पन्न भएको हो ।

जसमा जेष्ठ नागरिकतर्फ १११ मध्ये पुरुष ५० महिला ६१,अपांग तर्फ महिला २ पुरुष ४ मध्ये ख वर्ग २ र ग वर्ग ४, नागरिकता तर्फ ११९ मध्ये ८० महिला,३९ पुरुष नि शुल्क स्वास्थ्य शिविरमा २९१ र जन स्वास्थ्यमा ७६ मध्ये २६ पुरुष र ५० महिलाले सेवा लिएको सहायक प्रजिअ नारायण पान्डेले जानकारी दिए।

वितरण कार्य अवधिमा जाडो भएका कारण आगो ताप्दै वितरण गरिएको थियो। साथै राती ८ बजे सम्म मोबाइलको लाईट बालेर भएपनि वितरण काम सकिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *