गल्कोटका हर्कबहादुर बुढाथोकीको परिवारलाई जापानबाट रु १० लाख ७० हजार आर्थिक सहयोग !

मेघराज रिष्मेली जापान २०७४ मामघ १२ । रोजगारीको शिलशिलामा विगत ८ बर्षदेखि जापानको टोकियोमा कार्यरत हर्कबहादुर बुढाथोकीको गत २०१७ डिसेम्बर ५ तारिखका दिन हृदयघातका कारण मृत्यु भएको थियो । उक्त घटनालाई लिएर जापानमा रोजगार गर्दै आएका आफन्तजन इष्टमित्र शुभचिन्तक समाजसेवी बुद्धिजीवी लगायत नेपालीहरूले चन्दा सँकलन गरि मृतकको परिवारलाई जापानी यन ११८ मान ५ यन सहयोग गरिएको मान बहादुर थापाले इबागलुङ डट कमलाई जानकारी दिए ।

मृतक हर्कबहादुर बुढाथोकी
गल्कोट नगरपालिका वडा न ६ नेपाने निवासी स्व हर्कबहादुर बुढाथोकी जापानको टोकियोमा विगत आठ बर्षदेखि काम गर्दै आएको भएतापनि उनको परिवारको अवस्था निकै कमजोर रहेको र वृद्धा वुवा आमा को स्वास्थ स्थिति पनि कमजोर रहेको र नावालक १ छोरा १ छोरी स(साना भएकोले उनको परिवारलाई केही राहत मिलोस् भन्ने हेतुले यो अभियान सञ्चालन गरिएको यस चन्दादाता संकलनका अगुवाइ कर्ता मिलन के सीले बताए । साथै चन्दा संकलनमा सहयोग पुर्याउने सहयोगी मान थापा , देवेन्द्र बस्नेत , अर्जुन के सी , अर्जुन कार्की , निम खड्का , विजय भण्डारी , सुमित खत्री ,झक्क बहादुर खड्का , डम्बर थापा ,बम बहादुर खत्री साथै गल्कोट समाज जापान सम्पूर्ण सहयोगदाताहरूलाई मृतकको परिवार तथा श्रीमती कमला बुढाथोकी र चन्दा सहयोग संकलन समितिले हार्दिक धन्यवाद आभार प्रकट गरेको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रम जापान टोकियो सिनओकुवुको सोलमारी रेष्टुरेन्टमा मृतक हर्कबहादुर बुढाथोकीकी श्रीमती कमला बुढाथोकीलाई हस्तान्तरण गरिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.