बिद्यालयमा शिक्षक, बिद्यार्थी, अभिभावक लगायतले राजनीति गर्न हुन्न : नगरप्रमुख गैरे

गुुमान सिँह भण्डारी गल्कोट २०७४ माघ १२ । बिद्यालय राजनीति मुक्त बनाउन नसके सम्म शिक्षाको बिकास नहुने गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताएका छन् । जनजागृति माद्यमिक बिद्यालयको हिरक जयन्तिको अवसरमा बौल्दै गैरेले यस्तो बताएका हुन् ।

उनले शिक्षा स्वतन्त्र रुपमा आर्जन गर्ने माध्यम भएको हुँदा बिद्यालयमा शिक्षक, बिद्यार्थी, अभिभावक लगायतले राजनीति गर्न नहुने बताए ।

गल्कोट नगरपालिका वाड नम्बर ८ काडेबास स्थित जनजागृति माद्यमिक बिद्यालयको माघ १० गतेदेखि हिरक जयन्ति सुरु भएको छ ।

कार्यक्रममा गलकोट समाज युकेका अध्यक्ष रेशम बुढाथोकी, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष बम बहादुर गुरुङ, गल्कोट नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रामप्रसाद कडेल, वडा नम्बर ११ रिघाका अध्यक्ष डम्बर श्रीस, माओबादी केन्द्रका गल्कोट अध्यक्ष तिलक उप्रेति, राष्ट्रिय जनमोर्चाका गल्कोट अध्यक्ष टंक केसी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

आज सञ्चालन गरिएको अन्तर बिद्यालय स्तरिय चेस प्रतियोगितामा न्यु लाईफ आवासीय माद्यमिक बिद्यालय समुह ए प्रथम, समुह बि द्धितिय र जनजागृति माद्यमिक बिद्यालय तृतिय भएका छन । कवड्डी प्रतियोगितामा जनजागृति माद्यमिक बिद्यालय फाईनलमा प्रवेश गरेको छ भने न्यु लाईफ आवसिय माद्यमिक बिद्यालय र न्यु साईन स्टार बोडिङ स्कुल बिचको खेल भोलि हुने बिद्यालयका साहायक प्रध्यानाध्यापक डिल बहादुर बुढाथोकीले बताए ।

कार्यक्रममा खुल्ला महिला भलिबल प्रतियोगिता र माईन मेमोरी प्रतियोगिता समेत सञ्चालन गरिएको छ ।

सो अवसरमा ५० हजार देखि माथी सहयोग गर्ने सहयोगदाता, बिद्यालयका पुर्व बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ समिति लगायतलाई सम्मान गरिएको बुढाथोकीले बताए ।

कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बेदिलाल सापकोटाको अध्यक्षता, बिद्यालय प्रबिन खरेलको स्वागत मन्तब्य, शिक्षक देवराज खरेल र एलिना काउचाको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रम आगामि माघ १४ गतेसम्म सञ्चालन हुने बिद्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *