प्रभु बैंकद्वारा काँडेवासको जनजागृति माबिलाई दुई थान कम्प्यूटर हस्तान्तरण !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ माघ २ । प्रभु बैङ्क गल्कोट शाखाले एक बिद्यालयलाई दुई थान कम्युटर हस्तान्तरण गरेको छ । नेपाल राष्ट्र बैङ्कबाट क बर्गको ईजाजत प्राप्त बैङ्कले गलकोट नगरपालिका वडा नम्बर ८ को जनजागृति माद्यमिक बिद्यालयलाई हिरक जयन्तिको अवसर पारि दुई थान कम्युष्टर प्रदान गरेको बैङ्कका प्रबन्धक चेतनारायण गौतमले बताए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले समय समयमा बिभिन्न बिद्यालयलाई कम्युटर प्रदान गर्ने गरेको गौतमको भनाई छ ।
कम्युटर हस्तान्तरण गर्दै प्रबन्धक गौतमले अहिलेको आधुनिक युगमा कम्युटर बिना कुनै काम गर्न नसकिने भन्दै यसको सहि तबरले प्रयोग गर्न आग्रह गरे । यसअधि बैङ्कले गलकोट नगपालिका वडा नम्बर ७ को जनहित माद्यमिक बिद्यालयलाई २ थान कम्युटर प्रदान गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *