मानव जीवनमा सकारात्मक प्रभाव पार्ने गीतालाई विज्ञानसम्मत रुपमा अध्ययन गर्नु आवश्यक !

सावित्री खड्का, पर्वत २०७४ माघ १२। नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल), बागलुङ शाखाले यही मिती २०७४ साल माघ १२ गते शुक्रवारका दिन पर्वत जिल्ला कारागारका ७५ जना कैदी बन्दी तथा कारागारका कर्मचारीलाई ९५ थान श्रीमद्भगवद्गीता यथारुप तथा फलफुल वितरण गरेको छ ।

पर्वत जिल्ला कारागारको संयोजन तथा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल), बागलुङ शाखाको आयोजनामा गरिएको गीता वितरण कार्यक्रममा इस्कोन नेपाल बागलुङ शाखाका अध्यक्ष परमेश्वर अच्यूत दासले श्रीमद्भगवद्गीताको परिचय र यसले जीवनमा पार्ने सकारात्मक प्रभावको वारेमा मन्तव्य व्यक्त गरेका थिए ।

“गीता अध्ययनले केवल कैदीहरुको मात्र नभई हरेक मानवको जीवनमा सकारात्मक प्रभाव पार्ने हुनाले गीतालाई केवल धर्मसँग मात्र नजोडेर विज्ञानसम्मत रुपमा अध्ययन गर्नु वर्तमान समाजको सबैभन्दा ठूलो आवश्यकता हो ”, उनले थपे ।

कार्यक्रममा अधिवक्ता राम शर्माले पनि मन्तव्य व्यक्त गर्दै गीता केवल एक धर्मको मात्रै पुस्तक नभई सवैलाई मर्यादित जीवनका लागि प्रेरणा दिने पुस्तक भएकाले कैदीबन्दीहरुमा सकरात्मक परिवर्तनका लागि मनोबल बढाउन गीताको ज्ञानले सहायता पुर्याउने धारणा व्यक्त गरेका थिए।

इस्कोनले सामान्यतः प्रति ग्रन्थ छपाई मुल्य रु ३०० मा वितरण गर्दै आएको छ । कारागारका कैदीबन्दी तथा अन्य विपन्न वर्गका व्यक्तीहरुलाई निःशुल्क रुपमा वितरण गर्ने संस्थाको अभियानलाई साथ दिँदै म्याग्दीका राम बहादुर भण्डारी , अधिवक्ता राम शर्मा , अधिवक्ता राजु गौतम र क्रृतु किराना पसल शिवधाराचोक बागलुङका सञ्चालक चिरञ्जिवी श्रेष्ठले ग्रन्थको प्रायोजन गरेका थिए ।

ग्रन्थ वितरण सँगसँगै कारागारका कैदीबन्द्यहिरुलाई फलफुल पनि वितरण गरिएको थियो ।

इस्कोनका संस्थापक आचार्य एसी भक्तिवेदान्त स्वामी श्रील प्रभुपादले विश्व काल्याणका लागि विश्वभरि नै श्रीमद्भगवद्गीता यथारुप वितरण गर्न दिनुभएको निर्देशन अनुरुप इस्कोनले विश्वभरि नै बर्षेनी लाखौँको संख्यामा श्रीमद्भगवद्गीता लगायतका ग्रन्थहरु वितरण गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *