सांसद कुटिएको घटनाले बुर्तिवाङमा सनसनी, ५० मिटर टाढा रहेको प्रहरीले पत्तो नपाउनु आठौँ आश्चर्य !

बुर्तिवाङ २०७४ माघ १२ । हिँजो निसीखोला गाउँपालिका – ५ मा आयोजित सम्मान कार्यक्रममा भाग लिएर बुर्तिवाङ बजार फर्किएका प्रतिनिधी सभा सदस्य देबेन्द्र पौडेल र प्रदेश सभा सदस्य टेकबहादुर घर्ती माथी हातपात भएको छ । सांसद व्दय पौडेल र घर्ती हिँजो राति ९ बजेको समयमा निसीबाट फर्किएर बुर्तिवाङ बजार स्थित मिराज होटलमा बसेको बखत कुटपीट घटना घटेको सार्वजनिक भएको छ ।

समाचार श्रोतका अनुसार हिँजो विहान निसीखोला ५ मा आयोजना गरिएको साँसद सम्मान कार्यक्रममा सहभागी हुन सांसद व्दय पौडेल र घर्ती तथा माओवादीका स्थानीय नेता तुलसी अर्याल त्यसतर्फ गएका थिए । सम्मान कार्यक्रम स्थलमा जाने क्रममा जुग्जा खोलाको कान्छीबजार पुगेपछी सम्मान कार्यक्रको आयोजना गर्दा पार्टीको सल्लाहबाट गरिनु पर्ने आफुलाई थाहा नदिएकोमा उनको चित्त दु:खेको कसैसंग फोनमा कुरा भएपछी अर्याल कार्यक्रममा सहभागी नहुने भन्दै बुर्तिवाङ फर्किएका थिए ।

हिँजो राति मिराज होटेल अगाडी भट्टराई ईलेक्ट्रोनिक पसलमा रेशम भट्टराईको छोराको छैटीको पार्टी चलिरहेको थियो । भजन कीर्तन र नौमती बाजाको तालमा नाँचगान र मदिरा सेवन कार्यक्रममा तुलसी अर्याल सहित बजारका धेरै जसो मानिसहरु रमाईलो गरिरहेका थिए ।

सांसदहरु मिराज होटलमा आएको थाहा पाएपछी अर्याल होटलमा गएका थिए । होटेलमा प्रवेश गर्दा साथ अर्यालले सांसद पौडेल र घर्ती माथी एक्कासी हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रत्यक्षदर्शी नरबहादुर भट्टराईका अनुसार मदिरा सेवन गरेका अर्यालले जथाभावी हात छोड्दा टेबुलका सिसाहरु समेत फुटेका छन् ।

घटनाबारे अर्यालसंग सम्पर्क गर्दा, ‘मलाई नसोध्नुस, जसले कुट्यो भन्छन् उनैलाई सोध्नुस’ भन्ने जवाफ दिएका छन् । ‘तपाईले हातपात गर्नु भएको होईन ?’ भनि बारम्बार प्रश्न गर्दा अर्यालको जवाफ थियो, ‘यदि माननीय सांसदहरुले कुटपीट गरेको हो भन्नुहुन्छ भने मेरो भन्नु केहि छैन ।’

उनले थपे, ‘हिजो विहान हामी तीन जना निसीखोलाको कार्यक्रममा गएका हौँ । आज विहानपनि उहाँहरु मलाई भेट्न घरमा आउनु भएको थियो, म बाहिर गएको बेला परेछ, श्रीमती भनेकी थिईन् । केहि बेर अघीपनि सांसद घर्तीसंग फोनमा कुरा भएको छ । हामी भेट्छौं । हाम्रो सम्पर्क भैरहेको छ । हामी वीच त्यस्तो केहि छैन ।

तर घटनाका प्रत्यक्षदर्शीहरुका अनुसार मिराज होटेलको घटनापछी पनि अर्याल छैँटीको कार्यक्रममा आएर बाजा टोलीलाई पनि तथानाम गाली गरेकोले बाजाटोलीले मयालु भाकामा गीत गाएर अर्याल प्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

छैँटीको रमाईलोमा मदिरा बढी सेवन गर्दा यस्तो अप्रिय घटना घट्न गएको हो तर अर्याल त्यस स्वभावको व्यक्ति होईन, उहाँबाट कसरी यस्तो गल्ती हुन गयो हामीनै आश्चर्यमा छौँ एक अर्का प्रत्यक्षदर्शीले बताए । पार्टी भित्रको पीडाले पनि यस्तो घटना घटेको हुन सक्ने उनको तर्क थियो ।

उता घटनाबारे प्रदेशसभा सदस्य टेकबहादुर घर्तीसंग जानकारी लिन खोज्दा तुलसी दाई मदिरा सेवन गरेर आउनु भएको थियो, केहि खटपट भएको हो, मलाई पिटेको भन्ने गलत हो भनेर बताए । तपाईमाथि पनि हातपात भएको प्रत्यक्षदर्शीले भन्छन् नि भन्ने प्रश्नमा सांसद घर्तीले कसले त्यस्तो भनेको भनेर प्रति प्रश्न गरेका थिए । प्रतिनिधी सभा सदस्य पौडेल भने बुर्तिवाङबाट काठमाडौ प्रस्थान गरिसकेकाले फोन सम्पर्क हुन सकेन ।

घटनाका बेला सांसदहरुका साथ प्रहरी र थुप्रै कार्यकर्ताहरु होटेलमा भएपनि सबै मुक दर्शक बने, एक प्रत्यक्षदर्शीले बताए । सांसदहरुको सुरक्षार्थ खटिएका प्रहरीहरु होटेलमा मौजूद रहेको अवस्थामा घटना गुपचूप रहनु बुर्तिवाङवासीलाई पचेको छैन । सांसदमाथि हातपात भैरहदा घटनास्थल मिराज होटेल देखी करीब ५० मिटरको दूरीमा रहेको ईलाका प्रहरी कार्यालयले घटनाबारे अनभिज्ञता देखाउनुलाई बुर्तिवाङ बजारवासीले आठौँ आश्चर्यको रुपमा लिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.