काँडेवास स्थित जनजागृति माबिलाई डेढ करोड आर्थिक सहयोग

कौरब खत्री, बागलुङ २०७४ माघ १२ । बागलुङ काँडेवास स्थित जनजागृति माध्यमिक विद्यालयको हिरक महोत्सव सञ्चालन भइरहदा विद्यालयको लागि आर्थिक सहयोग पनि थपिदै गएको छ । स्वदेश तथा विदेशमा रहेका स्थानीयबासिन्दाहरुबाट विद्यालयको लागि १ करोड ५० लाख बराबरको आर्थिक सहयोग जुटेको विद्यालयका सुचना संयोजक एंव सहायक प्रधानाध्यापक डिल बहादुर बुढाथोकीले जानकारी दिए ।

गल्कोट नगरपालिका वडा नं. ८ काँडेबास स्थित जनजागृति माध्यमिक विद्यालयको ६० औ बर्ष पूरा गरेको अबसरमा गत बुधवारदेखि विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु सहित विद्यालयले हिरक महोत्सव मनाइरहेको छ । महोत्सव आउँदो आइतबारसम्म सञ्चालन हुने समेत विद्यालय श्रोतले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *