अव माओबादी र एमाले विचको पार्टी एकतालाई कुनै पनि शक्तिले रोक्न नसक्ने पौडेलको स्पष्टोक्ति !

सुमन सुनार/मिलन हमाल, बुर्तिवाङ २०७४ माघ १२ । गत मंसिर १० गते सम्पन्न प्रतिनिधी तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा बाग्लुङका सवै सिटमा बाम गठबन्धनले विजयी हासिल गरेपछि गठबन्धनको मतदाता भेटघाट तथा विजयी उत्सव मनाउने कार्यक्रम जारी रहेको छ ।

यसै विच विहिबार जिल्लाको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत निसीखोला गाँउपालिका–५ निसीमा बाम गठबन्धनको विजयी सभा सम्पन्न भएको छ । उक्त सभालाई सम्बोधन गर्दै क्षेत्र नं. २ का प्रतिनिधि सभाका सांसद देवेन्द्र पौडेलले बाम गठबन्धनका उम्मेदवारहरुलाई अमुल्य मतदान गरि विजयी गराउने मतदाताहरुलाई धन्यबाद दिदैँ मतदाता सामु चुनावको समयमा गरेका प्रतिवद्वताहरु पुरा गर्न आफु सदैव लाग्ने प्रतिबद्धता जनाएका छन् । सांसद पौडेलले जनताले दिएको मतलाई कुनै पनि हालतमा खेर जान नदिने भन्दै यस क्षेत्रको विकास र समृद्ध बागलुङ निर्माणका लागी आफुले सक्दो प्रयास गर्ने बताए । साथै पौडेलले नेकपा एमाले र माओबादी केन्द्र विचको पार्टी एकताको बारेमा छलफल चलिरहेको भन्दै पार्टी एकतामा कसैले शंका नगर्न समेत आग्रह गरे । उनले अव माओबादी र एमाले विचको पार्टी एकतालाई कुनै पनि शक्तीले रोक्न नसक्ने बताए ।

यस्तै प्रदेश सभाका सांसद टेक बहादुर घर्तीले पनि सभालाई सम्वोधन गर्दै निसी भुजी, तमान क्षेत्रको विकासमा सक्रिय रुपमा लाग्ने बताउदै जनताको अमुल्य मतले आफु बिजयी भएको भन्दै यस ठाउँको बिकासका लागि हरबखत जनता माझ रहि जनताकै पिरमर्का बुझी बाकी रहेको जीवन जनतामाझ नै व्यतित गर्ने प्रतिबद्धता जनाए । सांसद घर्तीले यस ठाउँको आवश्यकता अनुसार सबै संग हातेमालो गर्दै बिकासको अनुभुति हुने गरि काम गर्ने भन्दै सबैको साथ र सहयोगको अपेक्षा समेत रहेको बताए ।

यस्तै विजयी सभामा नेकपा एमालेका जिल्ला सदस्य ददिराम शर्मा, नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य प्रेम बहादुर घर्ती मगर, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य खिम विक्रम शाही लगायत त्यस क्षेत्रका गठबन्धका नेतृत्व तथा कार्यकर्ताहरुको विशेष उपस्थीती रहेको थियो ।

बाम गठबन्धन निसीखोला गाँउपालिका वडा नं. ५ का वडा संयोजक धनिश्वर घर्ती मगरको अध्यक्षता रहेको सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य थम घर्तीको स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन नेकपा एमालेका युवा नेता रविन घर्तीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *