बलेवा विमानस्थलको प्राविधिक अवलोकन : वरपर भएका अग्ला घर र रुख हटाउन निर्देशन !

बागलुङ २०७४ माघ १२ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक ईन्द्रराज अधिकारी, ईन्जिनिएर मीनराज वझा लगायत सरोकारवालाहरुको टोलीले बिहीबार बलेवा विमानस्थलको अवलोकन (सर्वे)गरेको छ ।

सो अवसरमा नगरप्रमुख पौडेलले विमान सेवा सन्चालनका लागि नगरपालिकाले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता दोहोराउदै स्थानीयवासी, नगरपालिका सबैले हातेमालो गरेर चैत महिना सम्ममा विमान सेवा सन्चालन गरेरै छोड्ने अठोट व्यक्त गरे भने प्रधिकरणका प्रवन्धक अधिकारीले बलेवा विमानस्थल विमान सन्चालन गर्न उपयुक्त भएको र विमान सन्चालनका लागि चैत सम्ममा वरपर भएका अग्ला घर र रुखहरु हटाउनु पर्ने बताए ।

यस्तै ईन्जिनियर वझाले पनि विमानस्थलका खाल्डाखुल्डी पूरपार गर्न र अग्ला रुखहरु हटाउनु पर्ने सल्लाह दिए ।

सोहि वडाका अध्यक्ष चक्रबहादुर खत्रीले विमानस्थलमा रहेका झाडी रुखहरु काटकूट गर्ने काम स्थानीयले गर्ने र यस कार्यमा नेपाली सेना र प्रहरीले सहयोग गर्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *